०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

हात्तीको आक्रमणमा परी मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग

Logo
प्रकाशित बिहिबार, मंसिर ०९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ मंसिर । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका धनुषाको मिथिला नगरपालिका– ७ का पदमबहादुर खप्तरी मगरकी श्रीमतीलाई सरकारले रु १० लाख राहत उपलब्ध गराएको छ ।

सरकारबाट प्राप्त रु १० लाखको चेक आज मगरकी श्रीमती टुकीमाया मगरलाई धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र डिभिजन वन कार्यालय धनुषाका प्रमुख सुनीलकुमार कर्णले संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो ।

गत २०७७ चैत १६ गते जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएका मगरको परिवारलाई वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ बमोजिम सङ्घीय वन मन्त्रालयले जिल्ला वन कार्यालय धनुषामार्फत सो राहत रकम मृतकका परिवारलाई उपलब्ध गराएको हो ।

मृतक परिवारलाई चेक हस्तान्तरण गर्नुहुँदै प्रजिअ बाँस्तोलाले सरकारले मृतकका परिवारलाई सहयोग गरी राम्रो काम गरेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]