०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

सांसद अरगरियाद्धारा स्थलगत अवलोकन, क्षतिपूर्ति उपलब्ध गराउने आश्वसन

Logo
प्रकाशित बुधबार, साउन ०१, २०७६

गोविन्द ठाकुर ,जनकपुरधाम । समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवम संघिय सांसद उमाशंकर अरगरियाले बाढि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ।

सांसद अरगरियाले मंगलबार धनुषाको निर्वाचन क्षेत्र न २ अन्तरगतको जनकनन्दनी गाउपालिका -१ स्थित रहेको इनर्वा र मलहनिया , खजुरी ,बल्हा,महुवा,कठाल लगायतको बाढि प्रभावित क्षेत्रको स्थलगत निरिक्षण तथा अवलोकन गरिएको हो। सांसद अरगरियाले उक्त क्षेत्रको बाढि प्रभाविका सर्वसाधारण जनताहरुसंग भेट गरि समस्याको बारेमा जानकारी लिए।

धनुषाको क्षेत्र नं २ अन्तरगतमा सवैभन्दा बढि प्रभावित मल्हनिया र इनर्वा भएको अनुगमनको क्रममा देखिएको छ। त्यसैगरि भारी वर्षाका कारणले कमला नदिमा आएको पानीको बहाव उच्च भएकोले धनुषाको फुलबारीया र मल्हनियाका बिचमा रहेको कमला नदिको तटबन्ध भत्किएको छ।

तटबन्ध भत्किएकोले हजारौं घरपरिवार डुवानमा परेको छ। त्यसैगरि भारी वर्षाका कारण जनकनन्दनी गाउपालिकाको रोपाई भएको खेत डुवानमा परेपछि किसानलाई भारी क्षति भएको अवलोकन पछि न्युज मधेश सङ्ग कुरा गर्दै सांसद अरगरियाले भने भारी वर्षाबाट भएको किसानको क्षति तथा सर्वसाधारणहरुको घर घरमा पानी पसेर भएको लाखौ क्षतिको क्षतिपुर्तीका लागि सरकारसंग माग गरिएको छ ।

बाढिले विस्थापित भएको हजारौं घरपरिवालाई अविलम्ब जनता अवासको कार्यक्रमलाई प्राथमिकता दिएर अवास निर्माण गर्न सरकार संग माग गरेको बताए । त्यसैगरी विस्थापित भएको परिवारहरुलाई सामुहिक भोजनको व्यवस्था गर्नुको साथै भत्केको बान्धलाई छिटोभन्दा छिटो ब्यबस्थापन गर्न सरकार सङ्ग जोरदार माग गरेको बताए।

यता मौसम विभागले अझै पानी पर्ने चेतावनी दिएकोले सर्तक रहन सर्वसाधारणलाई आग्रह गर्दै किसानहरुलाई भएको क्षतिको क्षतिपूर्ति दिलाउन सरकार माग गरे ।

अबलोकन कार्यक्रममा समाजवादी पार्टी नेपाल युवा नेता विनोद रोहिता, मनिकलाल मण्डल ,दिपिन देव यादव, शंकर साह, प्रमोद अधिकारी ,उमेश यादव जनकनन्दनी गाउलालिका वाड न -५ का वडा अध्यक्ष अशोक मण्डल ,जिवछ यादव ,शम्भु यादव,इन्द्र कुमार कापरलगाईत २ दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यता सांसद अरगरियाले औरही गाउँ पालिकामा पनि स्थलगत अनुगमन गर्नुभएको छ । जलाद पुलको पूर्व छेउ पानीले बगाएपछि अहिले जनकपुर यदुकोहा सडक खण्डमा ठुला तथा साना सबै सवारी बन्द भएको छ।

अवलोकन पछि सांसद अर्गरियाले भन्ने तत्काल छिटोभन्दा छिटो विकल्प खोजी आवतजावतको ब्यवस्था गर्न पहल गर्ने बताए । त्यसतै जालद नदिले किसानहरुको खेतीयोग्य जमिनमा पुगाइएको क्षतिको क्षतिपूर्ति सरकारबाट उपलब्ध गराउने आश्वासन दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]