१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

एकीकृत समाजवादी र कांग्रेस छाडेर सयौं जना लोसपामा प्रवेश

Logo
प्रकाशित आइतबार, मंसिर १२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ मंसिर।पुर्वमन्त्री एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता उमाकशंकर अरगरियाले उपेन्द्र यादवले मधेशको भोट बेचेको आरोप लगाएका छन्।

मधेशका जनताले आफ्ना प्रत्यक्ष उम्मेदबारलाई मत दिएर जिताए पनि समानुपातिकका लागि दिएको मत उपेन्द्रले बेचेको उनले बताए।

शनिबार लोसपा कमला नगरपालिकाका अध्यक्ष मनिक लाल मण्डलको अध्यक्षतामा सघारामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य समेत रहेका अरगरियाले मधेशको समानुपातिक भोटलाई काठमाडौं गएर उपेन्द्रले बेचेको बताए ।

उनले भने ‘भोट हाम्रो धनुषा जिल्लाको। तर सांसद कसलाई बनायो ? राजेन्द्र श्रेष्ठ, रेणुका गुरुङ्ग, लिला सिटौलालाई’ उनले भने, ‘मधेशको भोट बेचिएको हो कि होइन् ?’

उनले प्रदेश २ मा दुई तिहाई बहुमत रहेको भन्दै २ नम्बरिया छाप हटाएर मधेश नामाकरण गर्न आग्रह गरे ।

उक्त कार्यक्रममा एकीकृत समाजवाद पार्टी ,नेपाली कांग्रेस छाडेर करिब एक सय भन्दा बढी जना लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका हुन।

नव प्रवेशहरुलाई दोसल्ला ओढाएर नेता अरगरियाले पार्टीमा स्वागत गरेको हो।

सो कार्यक्रममा लोसपा धनुषा अध्यक्ष प्रमोद यादव,संजय चौधरी ,संजय साह,जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता मिश्र ,पार्टीका जनकनन्दिनी गाउँपालिका अध्यक्ष सुनिल मण्डल ,युवा नेता रामकुमार यादवलगाइत स्थानीय नेता कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]