१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

Logo
प्रकाशित आइतबार, मंसिर १२, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,१२ मंसिर । सर्लाहीको बलरा नगरपालिकामा नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा विवाद हुँदा गोली चलेको छ । गोली प्रदेशमन्त्रीका अंगरक्षकले चलाएका हुन् । विवादका कारण बलराको २ वटा वडाको अधिवेशन रोकिएको छ ।

बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह पुगेका थिए ।

उनले वडामा असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवाद चुलिएको थियो । जारी विवादकै क्रममा मन्त्रीका अंगरक्षकले हवाई फायर खोलेका थिए । दुई पक्षबीचमा झडप हुने स्थिति आएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए । अहिले बलराको अवस्था सामान्य भइसकेको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए ।

विवादका कारण बलराको ८ र ९ नम्बर वडाको अधिवेशन रोकिएको छ । यी दुई वडामा जिल्लाका नेताहरुसँग बसेर आवश्यक छलफलपछि अधिवेशन गराउने निर्वाचन अधिकृत भरत राउतले बताए ।

‘अचलगढमा विवाद भएपछि मन्त्रीको अंगरक्षकले गोली चलाएका छन् भनेर मलाई जानकारी आएको छ, उनलाई चोट पनि लागेको छ भन्ने बुझेको छु,’ राउतले भने, ‘विवादपछि बलराको दुई वडाको मतदान अधिकृतलाई सुरक्षा निकायले सुरक्षित तरिकाले सदरमुकाम मलंगवा ल्याउनु भएको छ ।’ ११ वडा रहेको बलरामा अन्य ५ वडामा सहमति भएको छ भने ४ वडामा छलफल चलिनै रहेको छ । यी ४ वडामा सहमति नभए निर्वाचन गराउने तयारी छ ।

यसअघि गत शनिबार सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा पनि दुई पक्षबीच विवाद हुँदा मन्त्रीका अंगरक्षकले इतर पक्षका नेता बलिराम झा र विनोद खनालमाथि पेस्तोल ताकेको थियो । जसका कारण झडप नै हुन पुगेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]