२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिमा धनुषा ४ बाट नवल किशोर यादव चयन

Logo
प्रकाशित मंगलबार, मंसिर १४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४मंसिर । जारी नेपाली काँग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधिमा धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ बाट नवल किशोर यादव चयन गरिएको छ ।

सोमबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनीधिको रुपमा सर्व सहमतिले चयन गरिएको हो ।

नेपाली काँग्रेसका सक्रिय भएर लागेका नेता यादवलाई पदाधिकारीहरुले नै सर्व सहमति दिएपछि उनी महाधिवेशन प्रतिनीधिको लागि क्षेत्र नम्बर ४ बाट चुनिएका हुन् ।

क्षेत्रमा सहमतिको आधारमा चयन प्रतिनीधिमध्ये नवल किशोर यादव सभापतिको लागि दाबेदार समेत मानिएका छन् । यद्यपी, उनले जिल्ला सभापतिमा उम्मेदवारी दिने वा नदिने बारे प्रष्टाएनन् ।

सोमबार सम्पन्न भएको अधिवेशनबाट यादव खुल्ला तर्फबाट महाधिवेशन प्रतिनीधिमा चयन भएका हुन् । उनले भने, “महाधिवेशन प्रतिनीधिमा चयन भएपनि केन्द्रीय सदस्य देखि पदाधिकारीसम्म लडन सक्ने अधिकार हुन्छ ।”

तरुण दलको निर्वतमान केन्द्रीय सदस्य समेत रहको नेता यादव नेपाली काँग्रेसको महाधिवेशन प्रतिनीधिको रुपमा निर्विरोध चयन भएपछि उनलाई बधाईको ओइरो लागेको छ ।

उनी नेपाली काँग्रेसका नेता एवम् पूर्व साँसद चन्द्रमोहन यादवको नजिकी एवम् विश्वासिलो पात्र मानिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]