१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

किसानहरुको समस्या बारे डा सीके राउत एक्सनमा

Logo
प्रकाशित बुधबार, मंसिर १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ मंसिर । देश भरिका किसानहरुले भोगिरहेको समस्या प्रती डा सीके राउत नेतृत्वको जनमत पार्टीको ध्यानाकर्षण भएको छ।

पार्टीका राष्ट्रिय अध्यक्ष डा राउतले प्रेस विज्ञप्ति जारी गर्दै उनले किसानहरूमाथि दमन नरोकिए र वैकल्पिक सहज व्यवस्था नगरीकन अझै पनि नेपाल सरकारले उनीहरूको सिँचाईं मोटर र मलखाद खोस्ने कार्य गरे जनमत पार्टी आन्दोलनमा उत्रिन बाध्य हुने बताएको छ।

देशभरिका किसानहरूले भोगिराखेको सिँचाईं र मलखादको अभावको समस्याप्रति जनमत पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

आफ्नो परिवार र बालबच्चाको जीवन धान्न खेती नगरी नहुने अवस्थामा रहेका किसानहरू नेपाल सरकारले सिँचाईं र मलखादको उपयुक्त व्यवस्था नगरी दिँदा मारमा मात्रै पर्दै आएका छैनन्, उनीहरूको पूरै परिवारको जीवन नै संकट र भोकमरीले ग्रस्त हुने अवस्थामा रहेको छ।

सरकारले केही नगर्ने तर किसानहरूले खेतीका लागि जसोतसो सिँचाईं र मलखादको प्रबन्ध गर्दा नेपाल विद्युत प्राधिकरणले सिँचाईं मोटर खोसिदिने, प्रहरी लगाएर कुटपीट र पक्राउ गर्न लगाउने, मलखाद ल्याउँदा प्रहरीले अनावश्यक यातना दिने, घूस माग्ने र नदिए आधा बोरा मलखाद समेत जफ्त गर्ने गरेको देखिएकाले सरकारले सम्बन्धित किसानहरूको लागि सिँचाईं र मलखादको व्यवस्था आफैंले नगरी दिँदासम्म ती गतिविधिहरू र किसानहरूमाथिको दमन तत्कालै रोक्न प्रेस बिज्ञप्तीमा भनिएको छ।

किसानहरूमाथि सो दमन नरोकिए र वैकल्पिक सहज व्यवस्था नगरीकन अझै पनि नेपाल सरकारले उनीहरूको सिँचाईं मोटर र मलखाद खोस्ने कार्य गरे आन्दोलनमा उत्रिन बाध्य हुने जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]