०२ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

किसानहरुको समस्या बारे डा सीके राउत एक्सनमा

Logo
प्रकाशित बुधबार, मंसिर १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ मंसिर । देश भरिका किसानहरुले भोगिरहेको समस्या प्रती डा सीके राउत नेतृत्वको जनमत पार्टीको ध्यानाकर्षण भएको छ।

पार्टीका राष्ट्रिय अध्यक्ष डा राउतले प्रेस विज्ञप्ति जारी गर्दै उनले किसानहरूमाथि दमन नरोकिए र वैकल्पिक सहज व्यवस्था नगरीकन अझै पनि नेपाल सरकारले उनीहरूको सिँचाईं मोटर र मलखाद खोस्ने कार्य गरे जनमत पार्टी आन्दोलनमा उत्रिन बाध्य हुने बताएको छ।

देशभरिका किसानहरूले भोगिराखेको सिँचाईं र मलखादको अभावको समस्याप्रति जनमत पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

आफ्नो परिवार र बालबच्चाको जीवन धान्न खेती नगरी नहुने अवस्थामा रहेका किसानहरू नेपाल सरकारले सिँचाईं र मलखादको उपयुक्त व्यवस्था नगरी दिँदा मारमा मात्रै पर्दै आएका छैनन्, उनीहरूको पूरै परिवारको जीवन नै संकट र भोकमरीले ग्रस्त हुने अवस्थामा रहेको छ।

सरकारले केही नगर्ने तर किसानहरूले खेतीका लागि जसोतसो सिँचाईं र मलखादको प्रबन्ध गर्दा नेपाल विद्युत प्राधिकरणले सिँचाईं मोटर खोसिदिने, प्रहरी लगाएर कुटपीट र पक्राउ गर्न लगाउने, मलखाद ल्याउँदा प्रहरीले अनावश्यक यातना दिने, घूस माग्ने र नदिए आधा बोरा मलखाद समेत जफ्त गर्ने गरेको देखिएकाले सरकारले सम्बन्धित किसानहरूको लागि सिँचाईं र मलखादको व्यवस्था आफैंले नगरी दिँदासम्म ती गतिविधिहरू र किसानहरूमाथिको दमन तत्कालै रोक्न प्रेस बिज्ञप्तीमा भनिएको छ।

किसानहरूमाथि सो दमन नरोकिए र वैकल्पिक सहज व्यवस्था नगरीकन अझै पनि नेपाल सरकारले उनीहरूको सिँचाईं मोटर र मलखाद खोस्ने कार्य गरे आन्दोलनमा उत्रिन बाध्य हुने जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]