०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

टीकापुरमा जनमत पार्टीको प्रथम नगर अधिवेशन सम्पन्न ,अध्यक्षमा सन्तराम डंगौरा

Logo
प्रकाशित बुधबार, मंसिर १५, २०७८

न्यूजमधेश डेस्क
कैलाली ,१५ मंसिर ।कैलाली जिल्लाको टीकापुर नगरपालिकामा जनमत पार्टीको प्रथम नगरअधिवेशन सफलता पूर्वक सम्पन्न भएको छ।

बुधबार सन्तराम डंगौराको अध्यक्षतामा भएको प्रथम नगरअधिवेशन प्रेस जनमत संघका केन्द्रिय अध्यक्ष एवम् केन्द्रिय परिवेक्षक बीपी साहको प्रमुख आतिथ्यमा १९ सदस्यीय नगर समिति कार्यसमिति गठन गरिएको छ।

उक्त कार्यसमितिको उपाध्यक्षमा मन्जु चौधरी, सचिवमा अनिता डंगौरा, सहसचिवमा मोहन चौधरी र कोषाध्यक्षमा सविता चौधरी चयन भएका छन्।

थारु कल्याणकारिणी सभाकी क्षेत्रीय उपाध्यक्ष सविता चौधरी, मुक्त कमलरी विकास मञ्चकी जिल्ला अध्यक्ष विन्द्र चौधरीलगायत ४९ जना जनमत पार्टीमा प्रवेश गरेका छन्।

बरघरहरु रामफल चौधरी, आइतवारी चौधरी, थारु विद्यार्थी समाजका कैलाली जिल्ला अध्यक्ष आशिष चौधरी, लक्ष्मण चौधरी, ललिता चौधरी, दिव्या चौधरीलगायतका सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवादसमेत दिएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]