२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

सिरहाको एउटा वडा कार्यलयमा चोरी

Logo
प्रकाशित बिहिबार, मंसिर १६, २०७८

शिवदयाल यादव
सिरहा,१५ मंसिर । चोरले चोरी गर्यो यो घटना आजकल बिष्णुपुमा समान्य बनेको छ । यहि घटना केही दिन पहिला हुँदा बडो अफसोच साथ बुझ्थे र बुझ्नु पनि आतुर हुन्थे । तर एक पछि एक गरि बारम्बार घटनाहरु भइरहदा केही नौलो नभएको बुझ्न आउँछ । यती घटनाहरु घट्दा पनि यहाका सुरक्षा निकाय र सरोकारबाला निकाय कहि न कहि उदासिन र बचाराधिन भएको देख्छु ।

सिसि क्यामरामा चोर समात्न सजिलो हुन्छ भने ढुक्कका साथ क्यामरा जडान गरि निस्फिक्रका साथ समान सुरक्षा गर्ने रखबाला छदै छ नि सोच र लापरबाहीले घटनाहरु बढेको देखिन्छ ।

भर्खर मात्रै बिष्णुपुर गापा वडा नम्बर ५ मा कम्प्युटर र फोटोकपी मेसिन सहित चोरी गरेका छन । चतुर ती चोरले सिसि क्यामरालाई लाइन सर्ट गरि मेसिन नै बिगारेका छन । मैथिलीमा एउटा कहाबत छ ” रज बुद्धि से चोर बुद्धि भारी होइहै ” हुन: त भएका पनि छन र भइरहेका पनि छन ।

केही दिन पहिला मात्र मुख्य सडकको छेउमा रहेको एउटा गार्मेन्टमा पहिलो साझ मै चोरी भयो,भेटनरि अफिस लगायत मोटर साइकल चोरी,पानी तान्ने मोटर चोरी लगायतका यी समान्य घटनाको त कुरै छोडौ । यी घटनाहरु घटाउने मुख्य योजनाकार को छन त ? किन बारम्बार यहि ठाउँमा चोरी बढनुमा कस्को कमिकमजोरि छन त ? चोरी समान्य घटना लागेपनि यसलाई हामिले बढाब दिनु भनेको डकैती,हत्या हिंसा र बल्तकार लाई निम्तो दिनु हो ।

यसमा हामी कहि चुकेका त छैनौ चाहे राजनितिक दल ,स्थानीय सरकार,सुरक्षा निकाय र स्थानीय बासिन्दा किन नहोस हामी ठूलो दुर्घटनाको सिकारको दलदलमा फसिरहेका छौ ।

भट्टि पसल साझ पर्ना साथ बन्द हुनुको साटो प्रहरिलाइ लाइन मिलाएर अबेर रातीसम्म खोल्न कुनै बन्देज छैन । अबैध घरेलु मदिराको राम्रै ब्यापार छ जहा त्याहा लुटपात र चोरी त समान्य नै हो ।

सिसि क्यामरा छ हामी चोरलाई समात्छौ भन्ने ढुक्क छन तर बिडम्बना छ,सिसि क्यामराले एउटा हेल्मेट चोरी गर्ने चोरलाई समेत हेरेर पनि चिन्न गार्हो छ हेरे पनि मान्छे नै को छ भने चिन्न सकिदैन । त्यसैले,असुरक्षित हैन सुरक्षित हुनका लागि नागरिक समाज जाग्नै पर्छ र यस्तो बेथिती विरुद्ध लाग्नै पर्ने छ ।
हामी नबोले कस्ले बोल्देला,आफ्नो समानको सुरक्षा आफै नगरे कसले गरदेला र त्यसैले आफ्नै गाउँ आफ्नो ठाउँ आफै बनाउ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]