२६ माघ २०८१, आइतबार
09-02-2025 , Sun
×

माओवादीको गठमा जनमत पार्टीको लहर

Logo
प्रकाशित शुक्रबार, मंसिर १७, २०७८

न्यूजमधेश डेस्क
कैलाली, १७ मंसिर । कैलाली जिल्लाको विभिन्न मुक्त कमैया शिविरहरुमा माओवादीको पकड रहँदै आएपनि जनमत पार्टीको लहर उक्त क्षेत्रमा बढेको छ ।

कैलाली जिल्लाको टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र भजनी गाउँपालिकालगायतमा रहेका मुक्त कमैया शिविरहरुमा जनमत पार्टीको संगठन तीव्र रुपमा विस्तार भइरहेको छ ।

माओवादी द्वन्द्वकालमा उक्त शिविरहरुबाट माओवादीले राम्रो सहयोग पाएको थियो तर मुक्त कमैया शिबिरहरुका लागि माओवादीले हालसम्म कुनै काम गर्न नसकेको भन्दै मुक्त कमैयाहरु जनमत पार्टीतिर आर्कषित भएको टीकापुरको शक्ति शिविरका महेश डंगौराले बताए ।

जनमत पार्टीले संगठन विस्तारका लागि कभरेज अभियान चलाएपछि ती स्थानीय निकायका मुक्त कमैया शिबिरहरुमा जनमत पार्टीको बन्द प्रशिक्षण जारी रहेको छ । जनमत पार्टीले उठाएका मागहरु मुक्त कमैयाका लागि महत्वपूर्ण रहेको जोशीपुर बञ्जरिया शिबिरका धनेश चौधरीले बताए ।

विभिन्न चरणको प्रशिक्षणपछि जनमत पार्टीको जोशीपुर गाउँपालिका र टीकापुर नगरपालिकामा पार्टीको प्रथम एतिहाँसिक अधिवशेनहरु सम्पन्न भएको जनमत पार्टीका नेता एवं प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष बीपी साहले बताए । उक्त शिबिरहरुमा साहको नेतृत्वमा प्रशिक्षण जारी रहेको छ ।

जोशीपुरको बञ्जरिया, रामनगर र टीकापुरको शक्तिनगर, शिबनगरलगायतको क्षेत्रबाट सयौंको संख्यामा मुक्त कमैयाहरु जनमत पार्टीमा प्रवेश गरेका छन्। बुधबार मात्रै टीकापुरको शिबिरहरुबाट ४९ जना माओवादीका नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

टीकापुरको नगरअधिवेशनका क्रममा जनमत पार्टीका नेता बीपी साहले भने,‘माओवादी द्वन्द्वमा १३ सय थारु मारिए। कयौं थारुहरु बेपता भए । तर, माओवादीको नेतृत्व पंतिमा खोइ थारु ?’

‘जनमत पार्टीका अध्यक्ष डा.सीके राउत कमैया कमलरी, भूमिहिनहरुको अवस्था सुधारकै लागि राजनीतिमा आउनु भएको हो।’ साहले भने,‘अब मुक्त कमैया कमलरीहरुले डाक्टर साहाबलाई साथ दिनु पर्छ र मुक्तीको बाटोमा अगाडि बढ्नु पर्छ ।’

अहिले पनि कतिपय मुक्त कमैया शिबिरको जग्गाको लालपुर्जा मुक्त कमैयाहरुलाई नदिइएकोमा आक्रोस पोख्दै साहले भने,‘यहाँको जल, जंगल र जमिनमाथि थारुहरुको अधिकार छ । राज्यले जालसाजी गर्यो भने यस मुद्दालाई अन्तर्राष्ट्रिय मूल्यमान्यता अनुसार सुल्झाइनेछ । मुक्त कमैयाहरुको आन्दोलनमा जनमत पार्टीको पूर्ण समर्थन रहनेछ ।’

उक्त कार्यक्रममा जनमत पार्टी जोशीपुर गाउँपालिकाका अध्यक्ष गणेश डंगौराले माओवादीलाई आफूहरुले पेट काटेर खुवाएको तर उनीहरुले गुण विर्सेको बताए ।

अबको निर्वाचनमा जनमत पार्टीबाट नेतृत्व गर्न मुक्त कमैया कमलरीहरुलाई डंगौराले आग्रह गरे। आफ्नो पार्टीले मुक्त कमैया कमलरीहरुलाई चुनावी प्रतिस्पर्धामा ल्याउने तयारी गरेको उनले सुनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]