२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

पत्रकार सहनीमाथि दूव्र्यवहार, पत्रकार महासंघ आक्रोशित

Logo
प्रकाशित बुधबार, मंसिर २२, २०७८

न्यूजमधेश डेस्क
सिरहा ,२२ मंसिर । जिल्ला सरकारी वकिल कार्यालय सिरहाका जिल्ला न्यायाधीवक्ता सन्तोष प्रसाद भण्डारीले पत्रकारमाथि दूव्र्यवहार गरेका छन् । ज्यान मार्ने उद्योग मुद्दाका आरोपी मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव ३० हजार धरौटीमा रिहा भएका थिए ।

सोही विषयमा रिपोटिङ गर्न मंगलबार सरकारी वकिल कार्यालय पुगेका सिरहास्थित पत्रकार दिलिप सहनीमाथि दूव्र्यवहार भएको हो । जिल्ला न्यायाधीवक्ता भण्डारीले टिभी जर्नलिष्ट सहनीलाई दूव्र्यवहार गर्दै सूचना दिन आनाकानी मात्रै गरेनन्, सहनीलाई थुन्नका लागि प्रहरी नै बोलाए ।

उनले बोलाएको केही बेरमै प्रहरी पनि कार्यालयमा टिभी जर्नलिष्ट सहनीलाई थुन्न तैनाथ भयो । ज्यान मार्ने उद्योग मुद्दा चलाइएका मेयर यादवलाई सोमबार जिल्ला अदालत सिरहामा चलेको थुनछेक बहसमा उनलाई धरौटी रकम राखेर रिहा गर्न जिल्ला अदालतले निर्देशन दिएको थियो ।

तर, उनलाई पक्राउ गर्न पूर्जीसमेत दिइएको भएपनि प्रहरीले पक्राउसमेत नगरी रिहा गरिएपछि सर्वत्र आलोचना भइरहेको छ । त्यसमाथि सरोकारवालाले यसरी सूचना दिनसमेत आनाकानी गर्नु र उल्टै पत्रकारमाथि दूव्र्यवहार गर्नुले थप शंका पैदा भएको छ ।

यस घटनाप्रति नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति सिरहाले घटनाको घोर भत्र्सना गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । घटनाप्रति गम्भीर भई सम्बन्धित सरोकारवाला नियामक निकायले घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कडा कारवाहीको माग गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]