०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

प्रदेश २ मा ३० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण खोप

Logo
प्रकाशित बुधबार, मंसिर २२, २०७८

न्यूजमधेस डेस्क
जनकपुर ,२२ मंसिर । प्रदेश २ मा ३० दशमलव ४३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइएको छ ।

सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत, सर्लाहीमा ३४ दशमलव ५४, रौतहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए।

कोरोना भाइरसको सङ्क्रमण कायमै रहे पनि ग्रामीण भेगमा अझै कोरोनाविरुद्धको खोप लगाउन डराइरहेकाले लक्ष्यअनुसार खोप लगाउन नसकिएको उनको भनाइ छ । कोरोना भाइरसको नयाँ भेरियन्टको खतरा बढेपछि नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको छ ।

सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा भारतबाट आउने साधुसन्त र सर्वसाधारण श्रद्धालु भक्तजनलाई लक्षित गरी ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]