२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

पूर्व–पश्चिम राजमार्ग छ घण्टापछि सञ्चालनमा

Logo
प्रकाशित सोमबार, पुष ०५, २०७८

न्यूजमधेश डेस्क
सिरहा ,५ पुष । मृतक परिवारलाई क्रियाखर्च उपलब्ध गराउने र घटनाका दोषीलाई पक्राउ गरी कार्वाही गर्ने सहमतिपछि सिरहाको गोलबजारमा अवरोध गरिएको पूर्व–पश्चिम राजमार्ग छ घण्टापछि सञ्चालनमा आएको छ ।

स्थानीय प्रशासन, गोलबजार नगरपालिकाका जनप्रतिनिधि र आन्दोलनरत पक्षबीच आज साँझ भएको वार्तामा तत्कालका लागि गोलबजार नगरपालिकाले किरियाखर्च वापत ५० हजार उपलब्ध गराउने र थप रु चार लाख ५० हजार स्थानीय सरकारले उपलब्ध गराउने तथा घटनामा सङ्लग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्ने सहमतिपछि आज अपराह्न १२ बजेदेखि अवरुद्ध सडक साँझ ६ बजेदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जानकारी दिए ।

आन्दोलनरत पक्षले पनि तत्काल आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गर्ने र दोषीलाई पक्राउ गर्न सहयोग गर्ने सहमति भएको प्रजिअ कवाडीले बताए । छुरा प्रहारबाट सिरहाको गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सदाको गत शनिबार राति मृत्यु भएको विरोधमा स्थानीय र आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।

अवरुद्ध सडक खुलाउने प्रयास गर्दा प्रहरी र आन्दोलनकारीबीच केही बेर झडपसमेत भएको थियो । सो क्रममा मृतकी दिदी सिरहाको कर्जन्हा नगरपालिका–५ निवासी समलियादेवी सदा र गोलबजारका निकेश सदा घाइते भएको र उहाँहरूको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]