१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

किसानहरुले लगाए गाउँपालिकामा कार्यलयमा ताला

Logo
प्रकाशित शुक्रबार, पुष ०९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,९ पुष । सिरहाको औरही गाँउपालिकामा किसानहरुले तालाबन्दी गरेका छन् । गहुँको बीउ लुटेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेपछि किसानहरूले गाउँपालिकामा ताला लगाएका हुन् ।

तीन दिनअगाडि गाउँपालिकामा भण्डारण गरिएको साढे तीन सय बोरा गहुँको बीउ किसानहरुले लगेको थियो ।गाउँपालिकाको गहुँको बीउ चोरी गरेको आरोपमा कडहरबाका मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेपछि किसान आन्दोलित बनेका छन् ।

आन्दोलनलाई जनमत पार्टीको साथ छ । जनमत पार्टीका नेता दीपेन्द्र यादवले गाउँपालिकाले दिएको उजुरीको आधारमा प्रहरीले किसानलाई पक्राउ गरेकाले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको बताए ।

उनले पक्राउ परेका किसानलाई रिहा नगरे अझ आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले भने, ‘गाउँपालिकाले अविलम्ब किसानमाथि दर्ता गराएको मुद्दा फिर्ता लिओस् । होइन भने महाविद्रोह हुन्छ ।’

प्रहरी प्रशासन र गाउँपालिका अध्यक्ष सिदार्थ यादवविरुद्ध किसानहरुले नारासमेत लगाएका छन् । उनीहरूले किसानमाथि गरिएको दमन बन्द गर, किसानलाई आवश्यक मल खाद र बीउको व्यवस्था गर, गिरफ्तार किसानलाई रिहा गरलगायतका नारा लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]