२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

किसानहरुले लगाए गाउँपालिकामा कार्यलयमा ताला

Logo
प्रकाशित शुक्रबार, पुष ०९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,९ पुष । सिरहाको औरही गाँउपालिकामा किसानहरुले तालाबन्दी गरेका छन् । गहुँको बीउ लुटेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेपछि किसानहरूले गाउँपालिकामा ताला लगाएका हुन् ।

तीन दिनअगाडि गाउँपालिकामा भण्डारण गरिएको साढे तीन सय बोरा गहुँको बीउ किसानहरुले लगेको थियो ।गाउँपालिकाको गहुँको बीउ चोरी गरेको आरोपमा कडहरबाका मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेपछि किसान आन्दोलित बनेका छन् ।

आन्दोलनलाई जनमत पार्टीको साथ छ । जनमत पार्टीका नेता दीपेन्द्र यादवले गाउँपालिकाले दिएको उजुरीको आधारमा प्रहरीले किसानलाई पक्राउ गरेकाले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको बताए ।

उनले पक्राउ परेका किसानलाई रिहा नगरे अझ आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले भने, ‘गाउँपालिकाले अविलम्ब किसानमाथि दर्ता गराएको मुद्दा फिर्ता लिओस् । होइन भने महाविद्रोह हुन्छ ।’

प्रहरी प्रशासन र गाउँपालिका अध्यक्ष सिदार्थ यादवविरुद्ध किसानहरुले नारासमेत लगाएका छन् । उनीहरूले किसानमाथि गरिएको दमन बन्द गर, किसानलाई आवश्यक मल खाद र बीउको व्यवस्था गर, गिरफ्तार किसानलाई रिहा गरलगायतका नारा लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]