०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

सिरहामा जनमतको चक्काजामले प्रहरी हैरान

Logo
प्रकाशित सोमबार, पुष १२, २०७८

जयनाथ यादव
लहान,१२ पुष । डा. सीके राउत नेतृत्वको जनमत पार्टी आन्दोलन समिति सिरहाले गरेको चक्काजामका सफल भएका छन।भने चक्काजामका कारण जिल्लाभरका सुरक्षाकर्मी हैरान भएको छ।

चक्काजामको प्रभाव पूर्व-पश्चिम राजमार्गमा समेत परेको छ । तोडफोड र आगजनीको डरले पूर्व-पश्चिम राजमार्गमा प्रहरीले स्कटिङ गरेर सवारी साधनलाई गन्तव्यमा पुर्याउन बाध्य भएका छन् ।

राजमार्ग सुचारु राख्न चोक चोकमा प्रहरी परिचालित छन् । दिउसो करिब तीन बजे लहान क्षेत्रमा जनमतका कार्यकर्ताले टायर बालेपछि कसहामा सयौं गाडी अलपत्र परेका छन् । बन्दीपुरदेख लहानसम्म प्रहरीले स्कटिङ गर्ने गरेको देखिएको छ।

औरही गाँउपालिकाले गहुंको बीउ लुकटेको भन्दै चार जना किसानमाथि मुद्दा दर्ता गराएको र एक जनालाई प्रहरीले पक्राउ गरेपछि जनमत पार्टी आन्दोलित बनेको छ । आइतबार सिरहा आमहड्ताल गरेका उक्त पार्टीले आज जिल्लाभर चक्काजाम गरेको हो ।

आइतबार आमहड्तालको अवज्ञा गरेको भन्दै जनमतका कार्यकर्ताले चोहर्वामा ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगजनी तथा मिर्चैया र गोलबजारमा दर्जनौं गाडी तोडफोड गरेका थिए ।

आन्दोलनमा प्रहरीले दमन गरेको,पक्राउ परेका किसान र जनमतका १४ जना नेतालाई प्रहरीले पक्राउ गरेको हो ।उनिहरुलाई रिहाको माग गर्दै आजसमेत चक्काजाम गरेको जनमत पार्टीले बताए ।पार्टीका अनुसार थप आन्दोलन गर्नको लागि किसान संघर्ष समिती र जनमत पार्टी सिरहाले निर्णय गर्ने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]