०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

दोषिलाई कार्वाहीको माग गर्दै, सप्तरीमा जनमत पार्टी आन्दोलित

Logo
प्रकाशित मंगलबार, पुष १३, २०७८

सप्तरी, १३ पुष । आफ्ना कार्यकर्तामाथी प्रहार गर्ने जनप्रतिनिधिसहितका दोषिहरुलाई कार्वाहीको माग गर्दै जनमत पार्टी सप्तरीले सोमवार प्रदर्शन गरेका छन् । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा आक्रोसित पार्टीका कार्यकर्ताहरुले प्रहरी चौकी घेराउ गरि मुख्य चौकमा १ घण्टा चक्काजामसहितका प्रदर्शन गरेको हो ।
गत शनिवार पालिकाका वडा नम्बर ११ स्थित सामुदायिक भवनमा आयोजित कार्यक्रममा सोही वडाका वडाध्यक्ष मोहित नरायण यादवले पार्टीको कार्यकर्तामाथि आक्रमण गरिनुका साथै मोटरसाइकलमा समेत तोडफोड गरेकोले दोषीलाई कार्वाही नहुदाँ आफुहरु आन्दोलीत भएको पार्टीका सचिव थानेश्वर प्रसाह साहले जानकारी दिए । दोषीलाई कडा कार्वाही, मोटरसाइकलमा भएको क्षतिको उचित क्षतिपुर्ति उपलब्ध नगराएसम्म आफुहरु थप कडा आन्दोलनमा उत्रिने अध्यक्ष चन्देश्वर मण्डल (किसान) ले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]