०६ आषाढ २०८२, शनिबार
21-06-2025 , Sat
×

दोषिलाई कार्वाहीको माग गर्दै, सप्तरीमा जनमत पार्टी आन्दोलित

Logo
प्रकाशित मंगलबार, पुष १३, २०७८

सप्तरी, १३ पुष । आफ्ना कार्यकर्तामाथी प्रहार गर्ने जनप्रतिनिधिसहितका दोषिहरुलाई कार्वाहीको माग गर्दै जनमत पार्टी सप्तरीले सोमवार प्रदर्शन गरेका छन् । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा आक्रोसित पार्टीका कार्यकर्ताहरुले प्रहरी चौकी घेराउ गरि मुख्य चौकमा १ घण्टा चक्काजामसहितका प्रदर्शन गरेको हो ।
गत शनिवार पालिकाका वडा नम्बर ११ स्थित सामुदायिक भवनमा आयोजित कार्यक्रममा सोही वडाका वडाध्यक्ष मोहित नरायण यादवले पार्टीको कार्यकर्तामाथि आक्रमण गरिनुका साथै मोटरसाइकलमा समेत तोडफोड गरेकोले दोषीलाई कार्वाही नहुदाँ आफुहरु आन्दोलीत भएको पार्टीका सचिव थानेश्वर प्रसाह साहले जानकारी दिए । दोषीलाई कडा कार्वाही, मोटरसाइकलमा भएको क्षतिको उचित क्षतिपुर्ति उपलब्ध नगराएसम्म आफुहरु थप कडा आन्दोलनमा उत्रिने अध्यक्ष चन्देश्वर मण्डल (किसान) ले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]