१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

प्रदेश २ का ६ जिल्लामा भोलि चक्काजाम गर्ने जनमतको घोषणा

Logo
प्रकाशित मंगलबार, पुष १३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ पुष । किसानको माग पूरा गराउनको लागि भोलि प्रदेश २ का ६ जिल्लामा चक्काजाम गर्ने डा सीके राउत नेतृत्वको जनमत पार्टीले घोषण गरेका छ्न।

किसानको माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनमत पार्टीले जनाएको छ।

किसान आन्दोलनको क्रममा सिरहामा पक्राउ परेका किसान नेताहरु रिहा भएपनि आन्दोलन जारी रहने जनाइएको छ।

विभिन्न माग राखि आन्दोलनमा उत्रिएका किसानहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बताएका छन्।

विभिन्न निकायले वार्ताको नाममा आन्दोलनलाई मत्थर पार्न खोजेको भन्दै संघीय मन्त्रिपरिषद्बाट उच्च स्तरीय वार्ता समिति गठन भए मात्र वार्ता हुने डा.राउतले स्पष्ट पारे।

किसानहरुको माग पुरा गराउन प्रदेश २ को सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारालगायतका जिल्लामा बुधबार पनि चक्काजामको घोषणा गरिएको छ। बाँकी मोरङ्गदेखि बर्दियासम्मका जिल्लाहरुमा विरोधका विभिन्न कार्यक्रम भइरहेको छ।

किसानलाई समयमा मलखाध उपलब्ध गराउनु पर्ने, सिचाईको व्यवस्था हुनु पर्ने वा किसानलाई निःशुल्क बिजुली दिनु पर्ने, हावाहँुरी तथा बाढीबाट क्षति भएको बाली वपातको राहत दिनु पर्ने माग राख्दै जनमत पार्टीले आन्दोलन गरिरहेको छ।

किसानहरुको ठूलो जनसमर्थन देखिदै गएको आन्दोलनको मागमा कृषि उपजको मूल्य निर्धारण गर्नुपर्ने, उखु किसानको भुक्तानी गर्नु पर्ने, किसानमाथि दमन बन्द गर्नु पर्नेलगायतको माग राखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]