१७ माघ २०८२, शनिबार
31-01-2026 , Sat
×

किसानको माग पुरा गर्न सप्तरीको रुपनीमा प्रदर्शन

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८

राजविराज, १५ पुष । सप्तरीको रुपनी बजारमा जनमत पार्टीले बुधवार प्रदर्शन गरेका छन् । किसानहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै किसानहरुमाथी भएको दमनको बिरुद्धमा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन हो।
किसानहरुको माग पुरा गराउन पार्टीले घोषणा गरिएको कार्यक्रम अनुसार आयोजना गरिएको कार्यक्रममा हजारौको संख्यामा पार्टीका नेता तथा कार्यकर्ताहरुको प्रदर्शनमा सहभागीता रहेको थियो । किसानलाई समयमा मलखाध उपलब्ध गराउनु पर्ने, सिचाईको व्यवस्था हुनु पर्ने वा किसानलाई निःशुल्क बिजुली दिनु पर्ने, हावाहँुरी तथा बाढीबाट क्षति भएको बाली वपातको राहत दिनु पर्ने जनमत पार्टीको माग रहेको छ । किसानहरुको ठूलो जनसमर्थन देखिदै गएको आन्दोलनको मागमा कृषि उपजको मूल्य निर्धारण गर्नुपर्ने, उखु किसानको भुक्तानी गर्नु पर्ने, किसानमाथि दमन बन्द गर्नु पर्ने लगायतको माग समेत राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]