१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

किसानहरु मलखाद्यको माग गर्दै कमला नगरपालिकामा तालाबन्दी गरे

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ पुष । पूर्वी धनुषाको कमला नगरपालिकामा किसानहरुले तालाबन्दी गरेका छ्न ।

बिहिवार दिउँसो कमला नगरपालिकाको विभिन्न वडाबाट आएका किसानहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन ।

उनीहरुले समयमा मलखाद्य उपलब्ध गर,फसलको उचित मुल्य कायम गर,सिचाइको व्यवस्था गर्नुपर्नेलगाईतका मागहरु राख्दै नगरपालिकाको मुख्यद्वारामा तालाबन्दी गरिएको छ ।

किसानहरुले सहज रुपमा मल, खाद, बीउ नपाएको भन्दै तालाबन्दी गरेको हो । किसानहरुको आन्दोलनमा जनमत पार्टीको समेत समर्थन र साथ रहेको आन्दोलनमा सहभागी एक किसानले बताए।

उनले भने ,किसानहरुको सुखदुःखमा कुनै पार्टीले साथ नदिने समयमा जनमत पार्टीले किसानको अवाज उठाएको छ ।यस आन्दोलनमा सबै जना सहभागी भएर किसानहरुको जायज माग पूरा गराउनको लागि सबैको दायित्व रहेको उनले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]