०८ पुष २०८२, बुधबार
24-12-2025 , Wed
×

सर्लाहीमा निषेधाज्ञा जारी

Logo
प्रकाशित शुक्रबार, पुष १६, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,१६ पुष। सर्लाहीको ईश्वरपुर नगरपालिका अन्तर्गत बयलवास बजार क्षेत्रमा लगाइएको निषेधाज्ञा अझौ खुलेको छैन् । प्रहरीको जीपको ठक्करबाट एक जनाको ज्यान गएको विषयमा तनाव बढेपछि थप एक दिनका लागि निषेधाज्ञा लागू गरिएको छ ।

गएको आइतवार राति गस्तीमा हिँडेको प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि बजार क्षेत्र तनावपूर्ण बनेको हो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहीवार बेलुकी साढे ७ बजेदेखि लागू हुने गरी भोलि शुक्रवार ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । यसअघि थप गरिएको निषेधाज्ञा आज ७ बजेसम्मका लागि थियो ।

पीडित पक्षसँग मृतकलाई १० लाख रुपैयाँ दिने गरी ६ बुँदे सहमति भए पनि पीडित पक्षले शव बुझ्न आनाकानी गरेकाले शान्ति, सुरक्षा कायम राख्न निषेधाज्ञा लम्ब्याइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]