१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

किसान आन्दोलनबाट पक्राउ परेका जनमतका उपाध्यक्ष कुशवाहासहित ९ जना रिहा

Logo
प्रकाशित शुक्रबार, पुष १६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१६ पुस। डा. सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाहासहित ९ जना नेता कार्यकर्ताहरु रिहा भएका छ्न।

शुक्रबार किसान आन्दोलनको तेस्रो दिन पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्न खोज्दा रौतहटको चन्द्रनिगाहपुरबाट जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.बशन्त कुशवाहासहित ९ जना पक्राउ परेका थिए।

पक्राउ परेका जनमतका नेता कार्यकर्ताहरु हिरासत मुक्त भएका जनमत पार्टीले जनाएको छ।

रिहा भएपछि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.कुशवाहाले किसानहरुको माग जबसम्म पूरा हुदैनन् ।तबसम्म किसान आन्दोलन जारी रहने उनले बताए।

जनमत पार्टीले समयमा मलखाद्य र बिउको व्यवस्था गर,सिचाईको व्यवस्था गर,नसके सिंचाई बिजुली नि:शुल्क गर,फसलको उचित मूल्य निर्धारण गर,किसानमाथिको दमन बन्द गर र उखु किसानको रकम भुत्तानी गर्नुपर्नेसहितको माग राख्दै अनिश्चितकालिन पूर्व-पश्चिम राजमार्ग बन्दको घोषणा गरिएको छ।

किसानहरुको माग पूरा गराउनको लागि आन्दोलन गर्दै जनमत पार्टी आइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]