१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

किसान आन्दोलनबाट पक्राउ परेका जनमतका उपाध्यक्ष कुशवाहासहित ९ जना रिहा

Logo
प्रकाशित शुक्रबार, पुष १६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१६ पुस। डा. सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाहासहित ९ जना नेता कार्यकर्ताहरु रिहा भएका छ्न।

शुक्रबार किसान आन्दोलनको तेस्रो दिन पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्न खोज्दा रौतहटको चन्द्रनिगाहपुरबाट जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.बशन्त कुशवाहासहित ९ जना पक्राउ परेका थिए।

पक्राउ परेका जनमतका नेता कार्यकर्ताहरु हिरासत मुक्त भएका जनमत पार्टीले जनाएको छ।

रिहा भएपछि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.कुशवाहाले किसानहरुको माग जबसम्म पूरा हुदैनन् ।तबसम्म किसान आन्दोलन जारी रहने उनले बताए।

जनमत पार्टीले समयमा मलखाद्य र बिउको व्यवस्था गर,सिचाईको व्यवस्था गर,नसके सिंचाई बिजुली नि:शुल्क गर,फसलको उचित मूल्य निर्धारण गर,किसानमाथिको दमन बन्द गर र उखु किसानको रकम भुत्तानी गर्नुपर्नेसहितको माग राख्दै अनिश्चितकालिन पूर्व-पश्चिम राजमार्ग बन्दको घोषणा गरिएको छ।

किसानहरुको माग पूरा गराउनको लागि आन्दोलन गर्दै जनमत पार्टी आइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]