३२ जेठ २०८२, आइतबार
15-06-2025 , Sun
×

सप्तरी : प्रदर्शनकारी उपर गोली चलाएको आक्रोशमा ट्रक नै पल्टाइ दिए आन्दोलनकारी

Logo
प्रकाशित आइतबार, पुष १८, २०७८

लहान , १८ पुस: जनमत पार्टीको नेतृत्वमा चलिरहेको किसान आन्दोलन सरोकारवाला निकायको मौनताका कारण अझै उग्र बन्दै गैरहेको छ्। धनुषाको पौरताहामा आज आन्दोलनकारीहरु माथी प्रहरीले गोलि चलाएको थियो । आन्दोलनमा प्रहरीले दमन गरेको आक्रोशमा सप्तरीको रुपनीमा साझ प्रदर्शनकारीहरुले चक्काजाम अवज्ञा गरेको भन्दै ट्रक नै पल्टाइ दिएको छ। जनमत पार्टीले किसानका दु:ख पीडा बुझदै विभिन्न ११ बुंदे माग सहित अनिश्चितकालका लागि चक्काजाम गर्ने घोषणा गरेको छ ।

प्रहरीको गोलिबाट ५ जना आन्दोलनकारी घाइते भएका छन।भने २ जनाको अवस्था गम्भीर रहेको छ।गोलि लाग्नेहरुमा संजय साह,बिजय यादव,रामदियाल मण्डल ,नथुनी यादव र बैजनाथ साह रहेको छ। उनिहरुलाई गोदार स्थित रहेको अस्पतालमा उपचारको लागि लगिएको थियो भने पछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ।

किसानलाई सिंचाईको व्यबस्था वा बिजुली नि:शुल्क दिनुपर्ने, समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्नेलगायतका माग राख्दै जनमत पार्टीले मधेशकेन्द्रित आन्दोलन गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]