१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सप्तरी : प्रदर्शनकारी उपर गोली चलाएको आक्रोशमा ट्रक नै पल्टाइ दिए आन्दोलनकारी

Logo
प्रकाशित आइतबार, पुष १८, २०७८

लहान , १८ पुस: जनमत पार्टीको नेतृत्वमा चलिरहेको किसान आन्दोलन सरोकारवाला निकायको मौनताका कारण अझै उग्र बन्दै गैरहेको छ्। धनुषाको पौरताहामा आज आन्दोलनकारीहरु माथी प्रहरीले गोलि चलाएको थियो । आन्दोलनमा प्रहरीले दमन गरेको आक्रोशमा सप्तरीको रुपनीमा साझ प्रदर्शनकारीहरुले चक्काजाम अवज्ञा गरेको भन्दै ट्रक नै पल्टाइ दिएको छ। जनमत पार्टीले किसानका दु:ख पीडा बुझदै विभिन्न ११ बुंदे माग सहित अनिश्चितकालका लागि चक्काजाम गर्ने घोषणा गरेको छ ।

प्रहरीको गोलिबाट ५ जना आन्दोलनकारी घाइते भएका छन।भने २ जनाको अवस्था गम्भीर रहेको छ।गोलि लाग्नेहरुमा संजय साह,बिजय यादव,रामदियाल मण्डल ,नथुनी यादव र बैजनाथ साह रहेको छ। उनिहरुलाई गोदार स्थित रहेको अस्पतालमा उपचारको लागि लगिएको थियो भने पछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ।

किसानलाई सिंचाईको व्यबस्था वा बिजुली नि:शुल्क दिनुपर्ने, समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्नेलगायतका माग राख्दै जनमत पार्टीले मधेशकेन्द्रित आन्दोलन गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]