१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

किसान आन्दोलनलाई उल्लंघन गरेको भन्दै धनुषामा जलाए ट्रक, अध्यक्षसहित ३ पक्राउ

Logo
प्रकाशित सोमबार, पुष १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ पुष । किसान आन्दोलनलाई उल्लंघन गरेको भन्दै धनुषाको पूर्व-पश्चिम राजमार्गमा आन्दोलनकारीहरुले ट्रकमा आगो लगाएको छ ।

आज दिउँसो करिब ३:२० बजे गणेशमान चारनाथ नगरपालिका १ छघरियामा ना १ क ७७६९ नम्बरको ट्रकमा किसान आन्दोलनमा उत्रेका प्रदर्शनकारीहरुले आगो लगाएका हुन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त ट्रकमा आन्दोलनकारीले आगो लगाएको छ।

आगजनीबाट ट्रक क्षतिग्रस्त बनेको छ ।आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनमत पार्टीका धनुषा जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहा, जिल्ला सहसचिव नवीन पण्डित र चन्दन कुमार साह रहेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता एवम डिएसपी जीतेन्द्र कुमार बस्नेतले तीनै जनालाई ट्रकमा आगो लगाएको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]