०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

रौतहटको सदरमुकाममा जनमत पार्टीको विरोध प्रदर्शन

Logo
प्रकाशित मंगलबार, पुष २०, २०७८

रुपेन्द्र पटेल
रौतहट ,२० पुष। किसानको मागलाई लिएर जनमत पार्टीले मंगलवार रौतहट सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शन कार्यक्रम जनमत पार्टीका केन्द्रीय सदस्य ललित मल्लिकको नेतृत्वमा सो पार्टीका नेता कार्यकर्ताहरुले विभिन्न नारा बाजी गर्दै गौर नगरमा परिक्रमा गर्दै वीपी चोकमा पुगेर कोण सभामा परिणत गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै केन्दीय सदस्य मल्लिकले वर्तमान सरकार किसानहरुको जायत मागलाई वेवास्ता गरेको आरोप लगाए । किसानहरुलाई सर्वसुलभ ढंगबाट विऊ–विजन, मलखाद्य लगायतको सहज आपूर्ती गर्न असक्षम रहेको कारण अहिले अनावश्यक किसानहरु चर्को मूल्य तिरेर उक्त सामाग्रीहरुको जोहो गर्नु परेको बताए ।

सबैभन्दा पीडित कृषकहरु नै रहेको हुँदा वर्तमान सरकार किसानहरुप्रति उदासीन भएकाले आन्दोलनमा उत्रिनु परेको उनले बताए । किसानहरुको माग पूरा नभएसम्म ओन्दोलन जारी राख्ने चेतावनी दिए ।

जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटले सोमबारबाट रौतहट बन्द गर्ने घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]