२७ साउन २०८२, मंगलबार
12-08-2025 , Tue
×

रौतहटको सदरमुकाममा जनमत पार्टीको विरोध प्रदर्शन

Logo
प्रकाशित मंगलबार, पुष २०, २०७८

रुपेन्द्र पटेल
रौतहट ,२० पुष। किसानको मागलाई लिएर जनमत पार्टीले मंगलवार रौतहट सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शन कार्यक्रम जनमत पार्टीका केन्द्रीय सदस्य ललित मल्लिकको नेतृत्वमा सो पार्टीका नेता कार्यकर्ताहरुले विभिन्न नारा बाजी गर्दै गौर नगरमा परिक्रमा गर्दै वीपी चोकमा पुगेर कोण सभामा परिणत गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै केन्दीय सदस्य मल्लिकले वर्तमान सरकार किसानहरुको जायत मागलाई वेवास्ता गरेको आरोप लगाए । किसानहरुलाई सर्वसुलभ ढंगबाट विऊ–विजन, मलखाद्य लगायतको सहज आपूर्ती गर्न असक्षम रहेको कारण अहिले अनावश्यक किसानहरु चर्को मूल्य तिरेर उक्त सामाग्रीहरुको जोहो गर्नु परेको बताए ।

सबैभन्दा पीडित कृषकहरु नै रहेको हुँदा वर्तमान सरकार किसानहरुप्रति उदासीन भएकाले आन्दोलनमा उत्रिनु परेको उनले बताए । किसानहरुको माग पूरा नभएसम्म ओन्दोलन जारी राख्ने चेतावनी दिए ।

जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटले सोमबारबाट रौतहट बन्द गर्ने घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]