०८ पुष २०८२, बुधबार
24-12-2025 , Wed
×

छ महिना देखि सासू भत्ता नबाडे पछि जनमतको अल्टिमेटम , यथाशीघ्र वितरण गर्न जनमतको अनुरोध

Logo
प्रकाशित आइतबार, पुष २५, २०७८

सिरहा : सिरहाको औरही गाउँपालिकामा जेष्ठ नागरिकलाई वितरण गर्ने समाजिक सुरक्षा भत्ता र बालबालिकालाई बितरण गर्ने बाल पोषण भत्ता बितराणमा ढिलाइ गरे पछि यथाशीघ्र वितरण गर्न जनमत पार्टी औरही गाउँपालिकाले ज्ञापन पत्र बुझाएको छ। यस अघि प्रत्येक ४/४ महिनामा बितरण गर्दै आएको सासु भत्ता सरकारले यस आ.ब २०७८/७९ देखि ३/३ महिना मै वितरण गर्न पत्राचार गरिसकेको छ। तर औरही गाउँपालिका भने ६ महिना देखि भत्ता बितरण गरेको छैन ।

केही दिन अघि देखि तराई मधेश लगायत देशै भरी बढ्दै गएको चिसो छल्न स्वेटर , चादर वा बल्याङकेट किन्ने सपना बोकेका बृद्वबृदाहरुको सपना बिपनाको रुपमा परिणत भैसकेको छ। यो दु:खद मात्रै होईन वृद्धबृदाहरु माथिको अन्याय हो , ज्ञापन पत्रमा भनिएको छ। तसर्थ यथासम्भव ७ दिन भित्र रोकिएको भत्ता बितरण गर्न भनिएको छ। बितरण नभए जनमत पार्टी कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ।

यस अघि पनि गाउँपालिकाले समाजिक सुरक्षा भत्ता  बितरणमा ढिलाइ गर्दै आएको प्रती जनमत पार्टी वडा न. ४ का वडा अध्यक्ष सुरेन्द्र कुमार यादवले दु:ख व्यक्त गर्नु भयो। पटक पटक पालिकाले बर्षै भरिको भत्ता अन्त सम्ममा समेत वितरण  नगरे पछि जनमत पार्टीले बारबार ज्ञापन पत्र दिदै आएको छ। साथै गाउँपालिकाले बिद्यालयहरुमा दिवा खाजा समेत स्थगित राखेको प्रती ध्यानाकर्षण गराउनु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]