१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

छ महिना देखि सासू भत्ता नबाडे पछि जनमतको अल्टिमेटम , यथाशीघ्र वितरण गर्न जनमतको अनुरोध

Logo
प्रकाशित आइतबार, पुष २५, २०७८

सिरहा : सिरहाको औरही गाउँपालिकामा जेष्ठ नागरिकलाई वितरण गर्ने समाजिक सुरक्षा भत्ता र बालबालिकालाई बितरण गर्ने बाल पोषण भत्ता बितराणमा ढिलाइ गरे पछि यथाशीघ्र वितरण गर्न जनमत पार्टी औरही गाउँपालिकाले ज्ञापन पत्र बुझाएको छ। यस अघि प्रत्येक ४/४ महिनामा बितरण गर्दै आएको सासु भत्ता सरकारले यस आ.ब २०७८/७९ देखि ३/३ महिना मै वितरण गर्न पत्राचार गरिसकेको छ। तर औरही गाउँपालिका भने ६ महिना देखि भत्ता बितरण गरेको छैन ।

केही दिन अघि देखि तराई मधेश लगायत देशै भरी बढ्दै गएको चिसो छल्न स्वेटर , चादर वा बल्याङकेट किन्ने सपना बोकेका बृद्वबृदाहरुको सपना बिपनाको रुपमा परिणत भैसकेको छ। यो दु:खद मात्रै होईन वृद्धबृदाहरु माथिको अन्याय हो , ज्ञापन पत्रमा भनिएको छ। तसर्थ यथासम्भव ७ दिन भित्र रोकिएको भत्ता बितरण गर्न भनिएको छ। बितरण नभए जनमत पार्टी कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ।

यस अघि पनि गाउँपालिकाले समाजिक सुरक्षा भत्ता  बितरणमा ढिलाइ गर्दै आएको प्रती जनमत पार्टी वडा न. ४ का वडा अध्यक्ष सुरेन्द्र कुमार यादवले दु:ख व्यक्त गर्नु भयो। पटक पटक पालिकाले बर्षै भरिको भत्ता अन्त सम्ममा समेत वितरण  नगरे पछि जनमत पार्टीले बारबार ज्ञापन पत्र दिदै आएको छ। साथै गाउँपालिकाले बिद्यालयहरुमा दिवा खाजा समेत स्थगित राखेको प्रती ध्यानाकर्षण गराउनु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]