१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

मलखाद्य उपलब्ध गराउन र किसान आन्दोलनमा एक्यवद्धता जनाउन औरही पालिकालाई ज्ञापनपत्र

Logo
प्रकाशित आइतबार, पुष २५, २०७८

जनकपुरधाम । किसानलाई गहु खेतीको लागि आवस्यक मलखाद्य उपलब्ध गराउन र देशै भरी चलिरहेको किसान आन्दोलनको माग सम्बोधनका लागी एक्यवद्धता जनाउन किसान आन्दोलन संघर्ष समितिले औरही गाउँपालिकालाई ज्ञापन पत्र दिएको छ।

हाम्रो देश कृषि प्रधान देश हो । तर यहाँ सदैब मलखाद्यको समस्या हुने गरेको छ। तसर्थ मल खाद्य उपलब्ध गराउन र आन्दोलनमा एक्यवद्धता जनाएर सरकारलाई माग सम्बोधनका लागि अपिल गरिदिन भन्दै ज्ञापन पत्र बुझाएको किसान आन्दोलनकारी नेता रामभुवन यादवले बताउनु भयो।

किसानको माग सम्बोधनका लागि उच्च स्तरीय बार्ता टोली गठन , मलखाद्यको वयवस्था , कृषि मिटरको विद्युत नि: शुल्क , उखु किसानको भुक्तानी लगायतका ११ बुंदे माग राख्दै अहिले किसानहरु देशै भरी आन्दोलन गरिरहेको छ। आन्दोलनलाई भने माननीय सांसद राजेन्द्र महतो , मधेशी पत्रकार समाज , मानव अधिकार रक्षक समाज लगायत विभिन्न स्थानीय तहका प्रमुखहरुले एक्यवद्धता जनाइसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]