१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

जनमत पार्टीको अल्टिमेटम पछि सासू भत्ता वितरण गर्दै

Logo
प्रकाशित मंगलबार, पुष २७, २०७८

सिरहा : सिरहाको औरही गाउँपालिकाले रोकेर राखेको समाजिक सुरक्षा भत्ता अगामी माघ चार गते बाट वितरण गर्ने भएको छ। प्रत्येक तीन तीन महिनामा वितरण गर्नुपर्ने भत्ता छ महिना बितिसक्दा पनि बितरण नगरेपछि जनमत पार्टी औरहीले गाउँपालिका अधिकृत अमरेन्द्र कुसयैतलाई आइतबार ज्ञापनपत्र मार्फत ७ दिने अल्टिमेटम दिएका थिए । त्यसपछी गाउँ पालिकाले चासो लिदै बितरण गर्न लागिएको बुझिएको छ।

हामी जेष्ट नागरिकहरुको सुरक्षा कवजका रुपमा रहेको भत्ता पालिकाको लापरबाहीका कारण कहिले पनि समयमा नपाउने गरेको दुखेसो सुनाउदै औरही ४ का लाभग्राही असलान देबी यादवनीले जनमत पार्टीको यो कदमलाई सराहनीय भन्दै धन्यवाद दिए।केही दिन अघि देखि तराई मधेश लगायत देशै भरी बढ्दै गएको चिसो छल्न स्वेटर , चादर वा बल्याङकेट किन्ने सपना बोकेका बृद्वबृदाहरुको सपना बिपनाको रुपमा परिणत भैसकेको बताउदै यथासम्भव ७ दिन भित्र रोकिएको भत्ता बितरण गर्न जनमत पार्टीले ज्ञापन पत्र दिएको थियो । बितरण नभए जनमत पार्टी कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]