१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

जनमत पार्टीको अल्टिमेटम पछि सासू भत्ता वितरण गर्दै

Logo
प्रकाशित मंगलबार, पुष २७, २०७८

सिरहा : सिरहाको औरही गाउँपालिकाले रोकेर राखेको समाजिक सुरक्षा भत्ता अगामी माघ चार गते बाट वितरण गर्ने भएको छ। प्रत्येक तीन तीन महिनामा वितरण गर्नुपर्ने भत्ता छ महिना बितिसक्दा पनि बितरण नगरेपछि जनमत पार्टी औरहीले गाउँपालिका अधिकृत अमरेन्द्र कुसयैतलाई आइतबार ज्ञापनपत्र मार्फत ७ दिने अल्टिमेटम दिएका थिए । त्यसपछी गाउँ पालिकाले चासो लिदै बितरण गर्न लागिएको बुझिएको छ।

हामी जेष्ट नागरिकहरुको सुरक्षा कवजका रुपमा रहेको भत्ता पालिकाको लापरबाहीका कारण कहिले पनि समयमा नपाउने गरेको दुखेसो सुनाउदै औरही ४ का लाभग्राही असलान देबी यादवनीले जनमत पार्टीको यो कदमलाई सराहनीय भन्दै धन्यवाद दिए।केही दिन अघि देखि तराई मधेश लगायत देशै भरी बढ्दै गएको चिसो छल्न स्वेटर , चादर वा बल्याङकेट किन्ने सपना बोकेका बृद्वबृदाहरुको सपना बिपनाको रुपमा परिणत भैसकेको बताउदै यथासम्भव ७ दिन भित्र रोकिएको भत्ता बितरण गर्न जनमत पार्टीले ज्ञापन पत्र दिएको थियो । बितरण नभए जनमत पार्टी कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]