१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

धनुषाको कमलामा तिन दर्जनभन्दा युवाहरु जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित बुधबार, पुष २८, २०७८

न्यूजमधेश डेस्क
सघारा,२८ पुस।धनुषाको कमला नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि तिन दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न।

नगरपालिकाको वडा नम्बर ७ हठमुण्ढास्थित सामुदायिक भवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानीय युवा देवेन्द्र कुमार यादवको नेतृत्वमा तिन दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।

उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष मो.अब्दुल खानले अबिर लगाएर पार्टी प्रवेश गराउनु भएको जनमत पार्टीका युवा नेता दिपेन्द्र तेथबारले बताउनु भएको छ।

उक्त कार्यकर्ता भेटघाट कार्यक्रममा जनमत पार्टीकी केन्द्रिय सदस्य रेखा मण्डल ,पार्टीका नेता संजय साह,जनमत पार्टी कमला नगरपालिकाका अध्यक्ष मनोज बनरैत,दलित जनमत संघ धनुषा अध्यक्ष रामसागर पासवानसहितका नेताहरुको उपस्तिथि रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]