०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

मिर्चैयामा अविलम्ब विभिन्न भत्ता उपलब्ध गराउन जनमतको माग

Logo
प्रकाशित बिहिबार, पुष २९, २०७८

जनकपुरधाम । समाजिक सुरक्षा भत्ता र बाल पोषण भता समयमा नदिएको भन्दै जनमत पार्टीले सिरहाको एक नगरापालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

सरकारले तोकिएको बमोजिम जिल्लाको मिर्चैया नगरपालिकाका बासिन्दाहरुलाई उक्त अधिकारबाट बञ्चित गरेको भन्दै अविलम्ब व्यवस्था गर्न माग गरेका छन् सो कार्यहरुलाई प्राथमिकतामा राखि उक्त भत्ताहरु समयमा वितरण नगरेमा पार्टीले थप संघर्षका कार्यक्रम गर्न बाध्य हुने जनाएको छ ।

बढदै गएको शितलहरका कारण नगरका दलित, गरिब तथा असहाय परीवारको जन जीवन कष्टकर भएकोले न्यानो कपडा, कम्बल र दाउरा सहितका सामाग्री समेत उपलब्ध गराउन उनीहरुले आग्रह गरेका छन् । पार्टीका केन्द्रिय सदस्य निर्मल मण्डल, नगर संयोजक पटवारी ठाकुरसहितका नेता कार्यकर्ताहरुले नगरपालिकाका कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]