०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

किसान महार्‍याली भव्य रुपमा सम्पन्न गर्न डा. राउतको आग्रह

Logo
प्रकाशित बिहिबार, पुष २९, २०७८

जनकपुरधाम, २९ पुष । जनमत पार्टीले आह्वान गरेको किसान महार्‍याली भव्य रुपमा सम्पन्न गर्न पार्टीका केन्द्रिय अध्यक्ष डा. सि के राउतले आग्रह गरेका छन् । प्रत्येक जिल्लाको सदरमुकाममा भोली (शुक्रवार) आयोेजना हुने महार्‍यालीको सफल बनाउन उनले यस्तो आग्रह गरेको हो ।

‘विरोधीले फैलाएको भम्रमा नपर्न आग्रह गर्दै’ पार्टीका सचिवालयले– ‘कोरोनाका कारण कार्यक्रम बन्द नगरेको जनाएको छ । किसान आन्दोलनलाई लक्षित गरी प्रहरीले किसानमाथि अवरोध गरेमा, आन्दोलनकारी प्रतिकारमा उत्रन बाध्य हुने जनाएको छ । उक्त कार्यबाट हुने क्षतिको जिम्मेबार नेपाल सरकार र स्थानीय प्रशासन स्वयं नै हुने लेखेका छन् ।

सम्पुर्ण पार्टीले आ–आफ्ना राजनितिक आमसभा, भेला, अधिवेशनलगायतका कार्यक्रमहरु जारी नै राखेको सचिवालयले उल्लेख गरेका छन् । पूर्ण रूपमा लकडाउन नभए तथा विभिन्न राजनितिक पार्टीका कार्यक्रमहरू बन्द नभएसम्म, किसान आन्दोलन जारी रहने पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]