०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

कोरोनाको बहानामा किसान आन्दोलन रुक्दैन : उपाध्यक्ष खान

Logo
प्रकाशित बिहिबार, पुष २९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ पुस। कोरोना महामारीको बहानामा किसान आन्दोलन नरोकिने जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले बताएको छ।

उपाध्यक्ष खानले भोलि किसान महारैलीको सम्पुर्ण तयारी सम्पन्न भएको उनले बताए।धनुषाको सदरमुकाम जनकपुरसहित प्रत्येक जिल्लाको सदरमुकाममा किसान महारैलीमा किसानहरुको ठूलो उपस्थिति रहने नेता खानले भने।

उनले सरकारले उच्च स्तरिय वार्ता टोली बनाएर किसानहरुसंग वार्ता नगरेसम्म किसान आन्दोलन नरोकिने बताएका हुन् । उनले भनेका छन्- सरकारको कुनै नियम र कानुन लागु हुँदैन र आन्दोलन जारी रहन्छ ।

किसान आन्दोलनलाई कमजोर ठान्ने र किसान महारैलीमा सहभागी हुन आउने किसानहरुलाई यदि प्रहरीले कतै रोक्ने प्रयास गरियो ।भने त्यहाँ जेपनि हुन सक्छ ।यसलाई आन्दोलनलाई अपमानित गर्ने काम कसै-कतैबाट प्रयास गरियो भने देशका लागि दुर्भाग्य हुने उनले भनेका छ्न। उनले किसानको जाय माग पुरा गर्न र समृद्ध देश निर्माण गर्ने अभियानमा जुट्न सम्पूर्ण पक्षसँग अपिल समेत गरेका छन् ।

जनमत पार्टीले किसानलाई मलखाद समयमा सहज रुपले उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था वा विजुली निःशुल्क गर्नुपर्ने, किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदै माग राखेर आन्दोलनरत छ ।

यता ,जनमत पार्टी धनुषाले किसानहरुको महार्यालीमा भोलि ११ बजे जनकपुरधाममा युवा,विद्यार्थी ,बुद्धिजीवी ,समाजसेवीसहित सम्पुर्ण धनुषाबासीलाई किसान महार्यालीमा सहभागी हुनको लागि आग्रह गर्नुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]