०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

पेस्तोलसहित एकै गाउँका चार जना पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष २९, २०७८

न्यूजमधेश डेस्क
सुनसरी ,२९ पुष ।प्रहरीले सुनसरीबाट चार जनालाई पेस्तोलसहित नियन्त्रणमा लिएको छ।

प्रहरीले बुधबार साँझ र बिहीबार बिहान गरी चार जनालाई पेस्तोलसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार साँझ इनरुवा(३ महेन्द्रचोकबाट कटुवा पेस्तोल र एक थान गोलीसहित हरिनगर गाउँपालिका(७ का २० वर्षीय सबिर मियाँ पक्राउ परेका छन्।

मियाँ ज२प ५१९४ नम्बरको मोटरसाइकलमा सवार थिए।

बिहीबार बिहान इनरुवा(३ बाट अटोमेटिक पेस्तोल, तीन राउन्ड गोली र दुई थान म्यागजिनसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हरिनगर गाउँपालिका(७ कै ३१ वर्षीय सबरेज मियाँ,२५ को सिकन्दर मलाहा र वडा नम्बर ६ का २३ वर्षीय फरियाद अन्सारी रहेका छन्।

उनीहरू को१८प ६२२५ र को६प १०९ नम्बरको मोटरसाइकलमा सवार थिए।

एउटै गाउँका उनीहरू हतियार ओसारपसारमा संलग्न रहेको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।

सबैलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान थालिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]