१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

घुससहित पक्राउ परेका उपसचिव भ्रष्टाचारी ठहर

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,३० पुष। विशेष अदालतले घुससहित पक्राउ परेका एक उपसचिवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उपसचिव लिला अधिकारीलाई दोषी ठहर गरेको हो ।

बूढानीलकण्ठ नगरपालिका कार्यालय काठमाडौंका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका अधिकारी ५ लाख घुससहित पक्राउ परेका थिए । अधिकारीलाई अख्तियारको टोलीले २७ चैत २०७४ मा पक्राउ गरेको थियो । अधिकारीविरुद्ध २३ वैशाख २०७५ मा भ्रष्टाचार मुद्दा दायर भएको थियो । उनीसँगै पक्राउ परेका नगरपालिका इन्जिनियर विजेन्द्र श्रेष्ठलाई पनि अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

उनीहरूले बूढानीलकण्ठ नगरपालिका–२ बाँडेपाखामा रिजर्भ वायर पानी ट्याङकी निर्माण कार्य सम्पन्न गरेपश्चात् कार्य अनुभवपत्र लिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए ।

विद्युत् प्राधिकरणको ललितपुर सब स्टेसन प्रमुख घुससहित पक्राउ नेपाल विद्युत् प्राधिकरण काठमाडौं ग्रिड महाशाखा सब–स्टेसन पाटनका प्रमुख १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । ललितपुर सब–स्टेसनको प्रमुखका रूपमा कार्यरत सुपरभाइजर पाँचौं तहका सोमप्रसाद पहाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।राजधानी दैनिकमा छापिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]