२४ पुष २०८२, शुक्रबार
09-01-2026 , Fri
×

दश किलो चरेस भारत लैजाँदै गर्दा एक महिला पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८

न्यूजमधेश डेस्क
वीरगन्ज,३० पुष। पर्सा प्रहरीले १० किलो लागुऔषध चरेससहित एक महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।

नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा प्रहरीले रौतहट पिपरीया परोवा नगरपालिका–९ बङ्कुल टोल बस्ने ४२ वर्षीया रन्जु देवीलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।

रन्जुको साथबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । रन्जुले चरेसको प्याकेट बनाई शरीरका विभिन्न भागमा लुकाएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिला भरिया हुन् वा मुख्य कारोबारी हुन् त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]