न्यूजमधेश डेस्क
प्योङयाङ ,३० पुष । अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो ।

उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ । उसले परीक्षण गरेका मिसाईल आवाजभन्दा पाँच गुणा चाँडो प्रहार हुने विज्ञहरुले बताउँदै आएका छन् ।

गत वर्षको सेप्टेम्बरदेखि अहिलेसम्म उत्तर कोरियाले ६ ओटा व्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले राष्ट्रसंघको संकल्प प्रस्ताव विपरित वारम्बार आणविक हतियार परीक्षण गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले उमाथि विभिन्न प्रतिबन्ध लगाउदै आएको छ ।

अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तरले आणविक परीक्षण गरेको भन्दै अमेरिकाले उसका कदमको विरोध गरेको छ । अमेरिकाले पछिल्लो पटक प्रतिबन्ध लगाएका व्यक्तिहरुमध्ये एक जना रसियामा रहेर उत्तर कोरियाका लागि आणविक हतियार ओसार पसार गर्ने कोरियाली रहेको अमेरिकाले दाबी गरेको छ ।

त्यस्तै, चार जना भने चीनमा रहेर उत्तरको आणविक गतिविधिलाई सहयोग गर्ने उत्तर कोरियाली रहेको जनाइएको छ।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

संचालक  : मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता

वरिष्ठ सल्लाहकार : बिपी साह
वरिष्ठ  सल्लाहकार : श्रवण देव

वरिष्ठ  सल्लाहकार : मोहन सिंह
वरिष्ठ  सल्लाहकार  : सन्तोष जादब

सम्पर्क

सि . एन . ए . मिडिया नेटवर्क प्रा.लि.

जनकपुरधाम , धनुषा ( नेपाल )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected] , [email protected]

Copyright © 2018-2022 News Madhesh