१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

यसरी भयो राजविराजमा किसान महार्‍याली: हेर्नुहोस तस्बिरहरु

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८

राजविराज, ३० पुस । सप्तरीको राजविराजमा जनमत पार्टीले किसानहरुको विभिन्न माग राख्दै शुक्रवार प्रदर्शन गरेका छन् । पार्टीले आह्वान गरे अनुसार विभिन्न गाउँका टोल टोलबाट किसानहरुले हलो, कोदालो, पराल, मलका खाली बोरालगायतका कृषि औजारहरुसहित प्रदर्शन गरेको हो ।
राजविराज स्थित राजरंगशालाबाट निकालिएको र्‍याली बजारको विभिन्न भागमा नाराहरुसहित परिक्रमा गर्दै गजेन्द्र चौकमा कोणसभामा परिणत गरिएको थियो ।
उक्त कोणसभामा पार्टीका नेता, कार्यकर्ताहरुले सम्बोधन गर्दै, किसानहरुको माग प्रति सरकार गम्भीर नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
समयमा मलखाद्यको व्यवस्था गर, सिचाईको व्यवस्था गर, उखु किसानको भुक्तानी गर, किसान कार्डको व्यवस्था गर, किसानमाथिको दमन गर, किसानमाथि लगाइएको झुठा मुदा खारेज गर, फसलको उचित मुल्य निर्धारण गरलगायतका नाराहरुसहित प्रदर्शन गरिएको थियो ।





कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]