२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

कर नीति संशोधन नगरे ससक्त संघर्ष गर्ने व्यापार संघको चेतावनी सहित जनकपुरमा विरोद्ध र्‍याली

Logo
प्रकाशित शनिबार, साउन ०४, २०७६

गोविन्द ठाकुर, जनकपुरधाम । सरकारले चालू आर्थिक वर्षदेखी ल्याउने कर नीतिको विरोध गर्दै जनकपुरमा आज र्‍याली निकालिएको छ । जनकपुरमा व्यापारीहरुको छाता संगठनले जनकपुर उद्योग वाणिज्य संघको कार्यालय, शिव चौकबाट निकालेको र्‍याली जनकपुरको विभिन्न भागको परिक्रमा गरेको छ ।
सरकारले ल्याउन लागेको कर ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा व्यापक अन्यौल सिर्जना गरेको भन्दै जनकपुर उद्योग वाणिज्य संघले विरोध स्वरुप र्‍याली निकालिएको छ । आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल सुखी नेपाली” नारालाई सार्थक बनाउने प्रमुख संयन्त्रको रुपमा रहेका निजी क्षेत्रलाई खुल्ला एवं सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशिल बनाउनुको साटो ठिक विपरीत नियम, कानुन र ऐन ल्याएर निजी क्षेत्रलाई प्रभावित गर्न खोजिएको व्यापारी नेताहरुले आरोप लगाएका छन् ।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले सरकारले साउनदेखि लागू हुने गरी ल्याएको कर नीति संशोधन नगरे वा व्यावारीको माग सम्बोधन नभए ससक्त संघर्ष गर्ने चेतावनी दिए ।
‘कर नीति संशोधन नगरे वा व्यापरीको माग सम्बोधन नभए कडा र चरणवद्ध सघर्षको कार्यक्रम सार्वजनिक गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । श्रावण १ गतेदेखि लागू हुने गरी ल्याउन लागिएको नयाँ व्यवस्थालाई तत्काल स्थगित गरि निजी क्षेत्रको सुझाव अनुसार उद्योग, व्यापार र व्यवसायको सापेक्षतामा हुने गरी व्यवहारीक ऐन बनाउन नेपाल सरकारसँग माग गर्दै प्रदर्शन गरिएको हो ।
यसअघि व्यापार संघले जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायतको कार्यलयहरुमा ज्ञापनपत्र बुझाइ सकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]