०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

कर नीति संशोधन नगरे ससक्त संघर्ष गर्ने व्यापार संघको चेतावनी सहित जनकपुरमा विरोद्ध र्‍याली

Logo
प्रकाशित शनिबार, साउन ०४, २०७६

गोविन्द ठाकुर, जनकपुरधाम । सरकारले चालू आर्थिक वर्षदेखी ल्याउने कर नीतिको विरोध गर्दै जनकपुरमा आज र्‍याली निकालिएको छ । जनकपुरमा व्यापारीहरुको छाता संगठनले जनकपुर उद्योग वाणिज्य संघको कार्यालय, शिव चौकबाट निकालेको र्‍याली जनकपुरको विभिन्न भागको परिक्रमा गरेको छ ।
सरकारले ल्याउन लागेको कर ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा व्यापक अन्यौल सिर्जना गरेको भन्दै जनकपुर उद्योग वाणिज्य संघले विरोध स्वरुप र्‍याली निकालिएको छ । आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल सुखी नेपाली” नारालाई सार्थक बनाउने प्रमुख संयन्त्रको रुपमा रहेका निजी क्षेत्रलाई खुल्ला एवं सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशिल बनाउनुको साटो ठिक विपरीत नियम, कानुन र ऐन ल्याएर निजी क्षेत्रलाई प्रभावित गर्न खोजिएको व्यापारी नेताहरुले आरोप लगाएका छन् ।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले सरकारले साउनदेखि लागू हुने गरी ल्याएको कर नीति संशोधन नगरे वा व्यावारीको माग सम्बोधन नभए ससक्त संघर्ष गर्ने चेतावनी दिए ।
‘कर नीति संशोधन नगरे वा व्यापरीको माग सम्बोधन नभए कडा र चरणवद्ध सघर्षको कार्यक्रम सार्वजनिक गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । श्रावण १ गतेदेखि लागू हुने गरी ल्याउन लागिएको नयाँ व्यवस्थालाई तत्काल स्थगित गरि निजी क्षेत्रको सुझाव अनुसार उद्योग, व्यापार र व्यवसायको सापेक्षतामा हुने गरी व्यवहारीक ऐन बनाउन नेपाल सरकारसँग माग गर्दै प्रदर्शन गरिएको हो ।
यसअघि व्यापार संघले जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायतको कार्यलयहरुमा ज्ञापनपत्र बुझाइ सकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]