२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

जनकपुरमा किसान महार्यालीमा ओर्लियो जनसागर ( फोटो फिचर )

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,३० पष।प्रदेश २ का अस्थायी राजधानी जनकपुरमा डा सीके राउत नेतृत्वको जनमत पार्टीले कृषि औजारसहित प्रदर्शन गरेको छ ।

जनमत पार्टी धनुषाको आयोजनामा भएको किसान महार्यालिमा किसानको माग सम्बोधन गर्न माग गर्दै जनमत पार्टीका नेता कार्यकर्तासहित किसानहरुले कृषि औजारसहित प्रदर्शन गरेका हुन् ।

कृषि औजार कोदालो,हसुवा,खुरपी,लहरीको पोट,ढक्किया, हलोलगायतका समाग्री बोकेर ¥यालीसहित गाउँ गाउँबाट हजारौंको संख्यामा धनुषा जिल्लाको सदरमुकाम जनकपुरको रामानन्द चौकमा पुगेर किसान महार्यालिमा किसानहरु सहभागी भएका थिए।

जनकपुरको रामनन्द चौकबाट सुरु भएका किसान महार्याली जिरोमाइल,तपसी चोक,मुरली चौक,कदम चौक,भानु चौक हुँदै नगरको विभिन्न क्षेत्रमा परिक्रमा गरी जनक चौकमा पुगेर कोणसभामा परिणत गरेका थिए।

किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन, समयमा मल र बिउको व्यवस्था तथा फसलको उचित समर्थन मूल्य तोक्नु पर्ने,किसान आन्दोलनमा पक्राउ परेका आन्दोलनकारीहरुलाई रिहाईको माग गर्दै जनमत पार्टीले तराईका विभिन्न जिल्लाको सदरमुकाममा आज किसान महार्याली निकालिएको हो।

करिब तीन सप्ताहदेखि आन्दोलित किसानको जायज मागहरूलाई सरकारले कुनै वास्ता नगरीको र उल्टै किसान आन्दोलनमाथि दमन गरेको छ।किसान आन्दोलनमा गोलि चलाएको सो गोलिबाट ५ जना आन्दोलनकारीहरु घाइतेसमेत भएको जनमत पार्टीकि राष्ट्रिय सचिव अनिता साहले बताएकी छिन् ।

कोणसभालाई सम्बोधन गर्दै जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले किसानको माग सम्बोधन गराउनको लागि आफुहरु गोलि पनि खान तयार रहेको बताएको छ।

उपाध्यक्ष खानले सरकारविरुद्ध हुने महाआन्दोलनमा सहभागिताका लागि सबैलाई आग्रह गरेका थिए।

उनले एसीमा बसेका बहिरा सरकारलाई किसानको समस्याबारे केही थाहा नरहेको र यिनीले आफूहरूको आन्दोलन भाँड्न लागिपरेकोले किसान विरोधी सरकारसँग आफ्नो अधिकारका लागि तयार रहन सहभागीहरुलाई आग्रहसमेत गरेका हुन ।

उपाध्यक्ष अब्दुल खानले यो सरकारले किसानको समस्या समाधान नगरे सत्तामा बसेकाहरुलाई जनकारवाही गर्न सहभागीसँग अपिल गरे ।

उक्त कोणसभामा जनमत पार्टीको राष्ट्रिय सचिव अनिता साह,केन्द्रिय सदस्य इन्द्रजित यादव,किसान आन्दोलनकारी बालकृष्ण साह,प्रेस जनमत संघका राष्ट्रिय अध्यक्ष बीपी साहले किसानको माग पुरा नभए यो भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]