०४ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

‘बौद्ध दर्शन र मार्क्सवाद’ विषयक परिचर्चा

Logo
प्रकाशित शनिबार, माघ ०१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौँ ,१ माघ ।साहित्य सन्ध्याको नियमित मासिक ४२४ औं शृङ्खलामा शनिबार भर्चुअल रूपमा ‘बौद्ध दर्शन र मार्क्सवाद’ विषयमा चर्चासहित कविगोष्ठी गरिएको छ । कार्यक्रममा उपप्राध्यापक वेदराज ज्ञवालीले भने, ‘गौतम बुद्ध धर्मप्रधान, अध्यात्मप्रधान र विचारधाराका हुन् भने कार्ल मार्क्स आर्थिक समस्यासमेत समाधान गर्ने वैज्ञानिक विचारधाराका प्रवर्तक हुन् ।’

उनले दुवै दार्शनिकले मानवीय र सांस्कृतिक आन्दोलनका माध्यमबाट व्यक्तिगत सम्पतिको हक कायम राख्न नहुनेमा जोड दिँदै रूपान्तरणको विचार सम्प्रेषण गरेको टिप्पणी गरे ।

गोष्ठीमा महेशराज खरेल, ललिता दोषी, रामदेव पाण्डेय, खेमराज निरौला, दुर्गा नेपाली, बेनीबहादुर थापा, ओमप्रसाद कोइराला, गोपाल नेपाल, जयन्ती स्पन्दन, भक्ति घिमिरे ‘दुर्बोध’, विन्दु अधिकारी ढकाल, डा राजेन्द्रप्रसाद अधिकारी, गणेश घिमिरे ‘मार्मिक’, डा भीम खतिवडा, तिला लेकाली, तारक धिताल, कात्यायन, अनिता लामा, प्रशान्त खरेल, डा कृष्ण सुवेदी, वासुदेव अधिकारी, उर्मिला पन्त पाण्डेय, डम्बर पहाडी, ज्ञानु विद्रोही र राम विनयले आआफ्ना कविता, गीत, हाइकु, एलाक वाचन गरेका थिए ।

सिर्जनाहरूमाथि ज्ञानु विद्रोहीको टिप्पणी थियो । गोष्ठीका अध्यक्ष राम विनयले साहित्यकारले जहिल्यै पनि सत्य र न्यायको पक्षमा उभिनुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]