०६ आषाढ २०८२, शनिबार
21-06-2025 , Sat
×

‘बौद्ध दर्शन र मार्क्सवाद’ विषयक परिचर्चा

Logo
प्रकाशित शनिबार, माघ ०१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौँ ,१ माघ ।साहित्य सन्ध्याको नियमित मासिक ४२४ औं शृङ्खलामा शनिबार भर्चुअल रूपमा ‘बौद्ध दर्शन र मार्क्सवाद’ विषयमा चर्चासहित कविगोष्ठी गरिएको छ । कार्यक्रममा उपप्राध्यापक वेदराज ज्ञवालीले भने, ‘गौतम बुद्ध धर्मप्रधान, अध्यात्मप्रधान र विचारधाराका हुन् भने कार्ल मार्क्स आर्थिक समस्यासमेत समाधान गर्ने वैज्ञानिक विचारधाराका प्रवर्तक हुन् ।’

उनले दुवै दार्शनिकले मानवीय र सांस्कृतिक आन्दोलनका माध्यमबाट व्यक्तिगत सम्पतिको हक कायम राख्न नहुनेमा जोड दिँदै रूपान्तरणको विचार सम्प्रेषण गरेको टिप्पणी गरे ।

गोष्ठीमा महेशराज खरेल, ललिता दोषी, रामदेव पाण्डेय, खेमराज निरौला, दुर्गा नेपाली, बेनीबहादुर थापा, ओमप्रसाद कोइराला, गोपाल नेपाल, जयन्ती स्पन्दन, भक्ति घिमिरे ‘दुर्बोध’, विन्दु अधिकारी ढकाल, डा राजेन्द्रप्रसाद अधिकारी, गणेश घिमिरे ‘मार्मिक’, डा भीम खतिवडा, तिला लेकाली, तारक धिताल, कात्यायन, अनिता लामा, प्रशान्त खरेल, डा कृष्ण सुवेदी, वासुदेव अधिकारी, उर्मिला पन्त पाण्डेय, डम्बर पहाडी, ज्ञानु विद्रोही र राम विनयले आआफ्ना कविता, गीत, हाइकु, एलाक वाचन गरेका थिए ।

सिर्जनाहरूमाथि ज्ञानु विद्रोहीको टिप्पणी थियो । गोष्ठीका अध्यक्ष राम विनयले साहित्यकारले जहिल्यै पनि सत्य र न्यायको पक्षमा उभिनुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]