०३ आषाढ २०८२, बुधबार
18-06-2025 , Wed
×

किसानहरुले मलखाद्य माग्दै धनुषामा मन्त्री रेणु यादवको बिरोधमा प्रदर्शन गर्दै

Logo
प्रकाशित आइतबार, माघ ०२, २०७८

जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगर पालिका लगायतका ठाउँमा किसान आन्दोलनकारीहरुले एकाबिहानै देखि मन्त्री रेणु यादवको पुतला दहन सहित बिरोध प्रदर्शन गरिरहेको छ। मन्त्री यादव आज धनुषाको मुख्यापट्टी मुसहरनियाको बैरिया बजारमा पार्टी प्रबेश कार्यक्रममा आउने कार्यक्रम रहेको छ। किसानहरुले आफ्ना हकहितका लागि ११ बुंदे माग सहित महिनौ देखि आन्दोलनरत रहे पनि सरकार नसुनेकोले किसानहरु संघीय मन्त्रीहरुको कार्यक्रम बहिष्कार गरिरहेको छ।

एकाबिहानै धनुषाको जनकपुरधाम उपमहानगर पालिका वडा न.४ निम चौकमा टायर बालेर प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुले पहेले खाद्य मल ला तबे मधेशमे आ , कृषि बिधुत नि:शुक्ल गर , किसान उपरको दमन बन्द गर , किसान कार्डको वयवस्था गर , किसानलाई पनि पेन्सन दे लगायतका नारा लगाएका थिए । गत पुस ०८ गते देखि किसानहरु आन्दोलन गरिरहेको छ। यस अघि कृषि मन्त्री महेन्द्र राय यादवलाई बाकेको नेपालगन्ज बाट किसानहरु लखेटेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]