०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

चिसोका कारण सर्लाहीको जनजीवन प्रभावित, आगो ताप्ने व्यवस्था गर्न जनप्रतिनिधिले गरे इन्कार

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८

सोम दियाली
सर्लाही,४ माघ । केही दिन यता बढेको चिसोका कारण सर्लाहीको जनजीवन अत्यन्तै प्रभावित भएको छ । चिसोकै कारण मानिसहरुलाई घर बाहिर निस्कन बाध्य भएको छ । चिसोका कारण दैनिक ज्याला मजदुरी गरी खाने वर्ग, साना व्यवसायीहरु मारमा परेका छन् ।

विगतमा चिसो र शितलहरलाई मध्यनजर गर्दै स्थानीय सरकारहरुले ठाउँठाउँमा आगो ताप्ने व्यवस्था गरेको भएपनि यो वर्ष त्यस्तो गरेको देखिँदैन । यस पटक त चोकमा कतै आगो ताप्ने व्यवस्था नहुँदा सर्वसाधारणले यसो हात, खुट्टा तथा जिउ सेकाउन समेत पाएका छैनन् ।

यस वर्ष जाडोमा चोक तथा मानिसको चहलपल बढी हुने स्थानहरुमा आगो ताप्ने व्यवस्था गर्न स्थानीय जनप्रतिनिधिले इन्कार गरेका छन् । स्थानीय सुनिल कुमार साहले भन्नुभयोे, ‘केही दिन यता अत्यधिक जाडो बढेको छ । मानिसहरुलाई अत्यावश्यक कामले बाहिर निस्कन समेत समस्या छ । निस्किएकाहरुले पनि यो चोक चौतारामा बालेकेको आगोमा हात सेकाउन समेत पाएका छैनन् ।’

‘हामीले यसो आगो ताप्ने व्यवस्था गरिदिनु प¥यो भनेर दाउरा माग्दा मेयरसापले सम्भव नै नभएको जवाफ दिनुभयो’, स्थानीय सुनिल कुमार साह भन्नुहुन्छ, ‘सुरुमा मैले डिएफओ सापलाई फोन गरें, चिसो बढ्यो आगो ताप्नका लागि दाउरा उपलब्ध गराई दिनु प¥यो भनेर । उहाँले नगरपालिका वा मेयरले नभनी हुँदैन । त्यहाँबाट सिफारिस लिएर आउनुभयो भने दिन्छौं भन्नुभयो । तर मेयरसापसँग कुरा गर्दा दाउरा सम्भव नै छैन भन्ने जवाफ दिनुभयो मसँग कल रेकर्ड समेत छ आवश्यक परे सुनाउन सक्छु ।’

‘नागरीकलाई जाडोबाट बचाउनु मेयर र स्थानीय सरकारको दायित्व भएको भएपनि मेयरले नै त्यसरी सम्भव छैन भन्नु अत्यन्तै दुःखद हो । धनीमनिलाई त ठिकै होला, तर जोसँग जाडोमा लगाउने एकसरो लुगा समेत छैन उनीहरुलाई गाह्रो भएको छ ।’, उहाँले भन्नुभयो ।

विगतमा पनि चिसो र शितलहरबाट नागरीकलाई बचाउनु भन्दै ठाउँठाउँमा आगो ताप्ने व्यवस्था मिलाईन्थ्यो तर यसपटक किन हो जनप्रतिनिधि नै दाउरा चाहियो आगो ताप्ने व्यवस्था गर्नुप¥योभन्दा पनि सम्भव छैन भन्छन् भने जनताको नजिकको सरकार भनेकै स्थानीय जनप्रतिनिधि हुन् । अब नागरीकले कस्को भर पर्ने र !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]