०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ राखेको विरोधमा जनकपुरमा प्रदर्शन

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम , ४ माघ । दुई नम्बर प्रदेशको नाम मधेश प्रदेश राखिएको भन्दै जनकपुरमा एक समूहले विरोध प्रदर्शन गरेको छ।

मंगलबार बिहान मधेशको पहिचान र संस्कृती मेटाउन खोजिएको आरोप लगाउँदै युवाहरुको समूहले विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले सांसदहरुको पुत्लासमेत जलाएका छन्। प्रदेशको संस्कृती र पहिचान जोगाउनका लागि ‘मिथिला–भोजपुरा’ राख्नुपर्नेमा ‘मधेश प्रदेश’ राखेर प्रदेशका बासिन्दाहरुको भावनामा निर्मम प्रहार गरिएको एक युवकले बताए।

प्रदेश २ को नाम ‘मिथिला–भोजपुरा’ राख्नका लागि आफूहरुले विगत चार वर्षदेखि आन्दोलन गर्दै आइरहेको पनि उनले बताए।

पर्साको वीरगंजमा एक समूहले मधेश प्रदेशको राजधानी वीरगंज नबनाएको भन्दै मुख्यमन्त्री लालबाबु राउतको विरोध गर्दै पुतला दहन गरेका छन्।

प्रदेश सरकारले भने नामाकरण र प्रदेशको राजधानी तोकेको खुशीयालीमा सार्वजनिक बिदा दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]