१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ राखेको विरोधमा जनकपुरमा प्रदर्शन

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम , ४ माघ । दुई नम्बर प्रदेशको नाम मधेश प्रदेश राखिएको भन्दै जनकपुरमा एक समूहले विरोध प्रदर्शन गरेको छ।

मंगलबार बिहान मधेशको पहिचान र संस्कृती मेटाउन खोजिएको आरोप लगाउँदै युवाहरुको समूहले विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले सांसदहरुको पुत्लासमेत जलाएका छन्। प्रदेशको संस्कृती र पहिचान जोगाउनका लागि ‘मिथिला–भोजपुरा’ राख्नुपर्नेमा ‘मधेश प्रदेश’ राखेर प्रदेशका बासिन्दाहरुको भावनामा निर्मम प्रहार गरिएको एक युवकले बताए।

प्रदेश २ को नाम ‘मिथिला–भोजपुरा’ राख्नका लागि आफूहरुले विगत चार वर्षदेखि आन्दोलन गर्दै आइरहेको पनि उनले बताए।

पर्साको वीरगंजमा एक समूहले मधेश प्रदेशको राजधानी वीरगंज नबनाएको भन्दै मुख्यमन्त्री लालबाबु राउतको विरोध गर्दै पुतला दहन गरेका छन्।

प्रदेश सरकारले भने नामाकरण र प्रदेशको राजधानी तोकेको खुशीयालीमा सार्वजनिक बिदा दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]