१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

कैलालीको गोदावरी पुलबाट खसेर एक शिक्षकको मृत्यु

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८

न्यूजमधेश डेस्क
धनगढी,४ माघ। कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्युु भएको छ ।

सोमबार बेलुका उक्त घटना भएको हो । हाल जीर्ण अवस्थामा रहेको गोदावरीको पुरानो पुलमा फोटो खिच्न भनी गएको र खसेर घाइते भएको स्थानीय प्रतक्षदर्शीले बताएका छन् ।

अछामको मंगलसेन नगरपालिका– ५ घर भएका ३९ वर्षीय रुपराज भाटको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । उनी शिक्षक रहेको खुलेको छ ।

पुलबाट खसेर घाइते भएका भाटको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । यद्यपि उनले मापसे समेत गरेको बताइएको छ ।

तर मृतकका आफन्तले भने घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]