१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

दुबईबाट फर्केका युवकलाई अपहरण गर्नेहरु प्रहरी फन्दामा

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,४ माघ । दुबईबाट आएका एक युवकलाई अपहरण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–५, जरंखुका ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भइ काठमाडौंमा होटल व्यवसाय गरिरहेका ३१ वर्षीय गोकुल घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुले गत असोज ८ गते दुबईबाट स्वदेश फर्किएका सिरहाका ३० वर्षीय रामेश्वर रामलाई बन्धक बनाएका थिए ।

उनलाई बसेको होटलबाट लिएर ज्याठास्थित होटल प्लेजर होममा लगेर बन्धक बनाएपछि कुटपिट गर्ने, ज्यान मार्ने धम्की दिने, चुरोटको ठुटोले पोलेर यातना दिँदै झोला र मोबाइल खोसिएको उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा बन्धक बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका हुन् ।

उनीहरुमाथि जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]