०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

मधेशका ८ जिल्लालाई मात्रै मधेश प्रदेश भन्न मिल्दैन : उपाध्यक्ष खान

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम, ४ माघ ।मधेशका ८ वटा जिल्लालाई मात्रै मधेश प्रदेश घोषणा गरेको भन्दै जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले आपत्ति जनाएको छ ।

जनमतका शीर्ष नेताहरुले आठ जिल्लाको मधेशप्रति असन्तुष्टि जनाएका छन् ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले मधेशी सहिदहरुले ८ जिल्लाको मधेश प्रदेशका लागि सहादत दिएका थिएनन् ।समग्र मधेश एक प्रदेशको लागि पुर्व झापादेखि पक्षिम कंचनपुरसम्मका जनताले आन्दोलन गरेको थियो ।

यो ८ जिल्लालाई मात्रै मधेश प्रदेश भन्न  मिल्दैन र  आफूहरुलाई मान्य नरहेको उपाध्यक्ष खानले बताएका छन् ।

झापादेखि कंचनपुरसम्मको जनता जनभावना विपरित ८ जिल्लाको मधेश प्रदेश नामाकरण गर्नु मधेश विद्रोहको भावनाविपरीत रहेको खानले बताएका छन् ।

उनले भनेका छन्, ‘यो अधुरो, अपुरो नाम राखेर मधेशको हत्या मान्य छैन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]