२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

ब्राउनसुगरसहित एक वडाध्यक्ष पक्राउ

Logo
प्रकाशित बुधबार, माघ ०५, २०७८

न्यूजमधेश डेस्क
बाँके ,५ माघ । बाँकेमा ब्राउनसुगरसहित वडाध्यक्ष पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका–३ का अध्यक्ष रामचरण थारू ३ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । मंगलबार एक पत्रकार सम्मेलन गरी प्रहरीले उहाँलाई सार्वजनिक गरेको हो ।

अन्य तीन जनासँग बसेर सेवन गरिरहेका वडाध्यक्ष थारूलाई रंगेहात पक्राउ गरिएको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डीएसपी रवीन्द्र घिमिरेले बताउनुभयो । वडाध्यक्ष थारूले ब्राउन सुगर सेवन गर्छन् भन्ने पत्ता लगाएको प्रहरीले केही दिनदेखि पिछा गरिरहेको थियो । उहाँलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा बाँकेमा लागूऔषधसहित ८८ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ५ लाख ११ हजार रुपियाँ बरामद भएको छ ।

प्रहरीले यो अवधिमा २ सय ६५ ग्राम ६ सय १० मिलिग्राम ब्राउन सुगर, ४ किलो ३ सय ७५ ग्राम चरेस, ३ हजार ५ सय ४३ ट्याब्लेट नाइट्राजेपाम, ६ हजार लिटर कोरेक्स, २० ग्राम गाजा, १ हजार ४ सय ३० ट्याब्लेट ट्रामाडोल बरामद गरेको छ ।

समामा १ सय ३९ जना फरार अभियुक्तलाई पक्राउ गरिएको छ । विमानस्थलबाट ४ किलो २९.१९ ग्राम सुन बरामद गरिएको छ । २० लाख बराबरको बोइलर कुखुरा, चल्ला, मासु, माछासहित ७ जनालाई पक्राउ गरिएको छ । तीनवटा बाघको छाला, एउटा रेडपाण्डाको छाला, चारवटा भालुको पित्त, दुईवटा हात्तीको दाँतसहित १० जनालाई पक्राउ गरिएको छ । ११ गोलिया काठसहित तीन जना, कटुवा पेस्तोलसहित तीन जना, एयरपेस्तोलसहित एक जना, भरुवा बन्दुक एक थान, सोमा लाग्ने छर्रा तीनवटासहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यो अवधिमा नदीजन्य पदार्थ उत्खनन गर्ने ६ वटा ट्रिपर, १० वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । वेश्यावृत्ति गर्ने, आगन्तुकलाई दुःख दिने १६ वटा होटल रेस्टुरेन्टमाथि आवश्यक छानबिन, ट्राफिक नियमित उल्लंघनमा २० हजार ५ सय ३५ सवारीसाधनलाई कारबाही, चोरी भएका ३ वटा स्कुटी, ११ वटा मोटरसाइकल बरामद गरी चोरीमा संलग्न १७ जनालाई कारबाही गरेको जनाएको छ ।

बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको उपस्थितिमा भएको पत्रकार सम्मेलन पछि प्रहरीले ६ महिनामा बरामद गरेको लागूऔषध नस्ट गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]