२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

धनुषामा लुटेरा समूहद्वारा प्रहरीमाथि आक्रमण, ५ जना पक्राउ

Logo
प्रकाशित बुधबार, माघ ०५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,५ माघ । धुनषामा प्रहरी टोलीमाथि आक्रमण गर्ने लुटेरा समूहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराती महोत्तरीका अमित कुमार पासवानलाई एक समूहले लुटपाट गर्दैछ भन्ने सूचनाका आधारमा प्रहरी टोली महोत्तरी भंगहा-७ पुगेको थियो ।

सो क्रममा प्रहरी सहायक निरीक्षक (असई) मनोज पोखरेलसहितको टोलीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी बसन्त रजौरेले जानकारी दिए । घाइते पोखरेलको अवस्थामा सामान्य रहेको उपचारपछि डिस्चार्ज भएका छन् ।

‘गएराती महोत्तरी भंगालाका अमित कुमार पासवानको घरमा नगदसहित मोवाइल लुटेको भन्ने खबर आउनासाथ प्रहरी त्यसतर्फ गएको थियो ।

सो क्रममा उक्त समूहले प्रहरी माथि आक्रमण गरेको थियो ।’ उनले भने, ‘उक्त समूहका ५ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]