३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

धनुषामा मास्क नलगाउनेलाई १०० रूपैयाँ जरिवाना

Logo
प्रकाशित शुक्रबार, माघ ०७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,७ माघ । धनुषामा मास्क नलगाउनेलाई जिल्ला प्रशासनले अब १०० रूपैयाँ जरिवाना तिराउने भएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा पनि मास्क नलगाउने प्रवृत्ति देखिएको भन्दै स्थानीय प्रशासनले कडाई गर्ने भएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मास्क लगाउन दुई दिन चेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताए ।

शुक्रबार र शनिबार चेतनामूलक कार्यक्रम गरेपछि पनि मास्क नलगाउने जो कोही फेला परे जरिवाना असुल गरिने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार आइतबारदेखि मास्क नलगाउनेसँग रु १ सयका दरले जरिवाना असुली गरिनेछ ।

शुक्रबारदेखि मास्क लगाउन भन्दै चेतनामूलक कार्यक्रम गर्दा नलगाउनेलाई मास्क पनि वितरण गरिएको छ ।

जनकपुरधामको मुख्य बजार क्षेत्रमा मास्क लगाउन जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]