२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी, तीनजना प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, माघ ०९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,९ माघ । चिकित्सा शिक्षा आयोगले लिएको एमडी र एमएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् ।

आइतबार भएको प्रवेश परीक्षामा अर्कै विद्यार्थीको नाममा परीक्षा दिँदै गरेको भटिएपछि कलंकीको एलआरआई स्कुलबाट भारतीय नागरिक जितेन्द्रकुमार मिश्रा पक्राउ परेका छन् ।

मिश्रलाई सहयोग गर्ने अर्को भारतीय नागरिक बिहारका शशिभुषण सिंह पनि पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी श्यामकुमार महतोले बताए ।

उनका अनुसार प्रहरीले परीक्षामा मर्यादित कार्य गरेको अभियोगमा भारतीय नगारिक कृष्ण मुरारीलाई पनि पक्राउ गरेको छ । उनी नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान, सानो भर्‍याङबाट पक्राउ परेका हुन् । थप अनुसन्धान जारी रहेको ब्यूरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]