२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

बारामा प्रतिबन्धित भारतीय रुपैयाँ सहित एक जना पक्राउ

Logo
प्रकाशित आइतबार, माघ ०९, २०७८

जनकपुरधाम, ९ माघ । बारामा प्रतिबन्धित २ लाख भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार नवाधा थाना अक्बरपुर का ३८ वर्षीय शिव शंकर बब्लु रहेको छ ।
जितपुरसिमरा उपमहानगरपालिका–१ सिमरा विमानस्थलबाट बब्लुलाई नेपालमा प्रतिबन्धित २ हजार दरले १ सय थान गरी जम्मा २ लाख भारतीय रुपैयाँ नगद सहित आज (आइतबार) पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार डिपार्चर रुममा काठमाडौंतर्फ जान लागेका यात्रुहरुलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । बरामद नगद सहित आवश्यक कारबाहीको लागि उनलाई क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय पठाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]