०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

महोत्तरीमा सर्प टोकाइबाट एक जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, साउन ०४, २०७६

सोलिन्द्र चौधरी ,जलेश्वर । महोत्तरीको बर्दिवास नगरपालिका वाड न 2 स्थित रहेको विश्वकर्मा चोकमा सर्पको टोकाइबाट एक व्यक्तिको ज्यान गएको छ।

शनिबार विश्वकर्मा चोकमा चिया पसल संचालन गर्दै आएका बर्दिवास 4 घर रहेको 45 वर्षिय शिवनाथ महतोको मृत्यु भएको छ । महतोले आफ्नै चिया पसलको छाना मर्मत गर्ने क्रममा गौहमन सर्पले टोकेको पहिचान गरिएको छ।

उनलाई उपचारको लागि सर्लाहिको नवलपुरमा स्थित रहेको सर्पदंश उपचार केन्द्रमा लगिएको थिए। केन्द्रमा उपचार सम्भव नभएपछि उनलाई बर्दिवासको शुभस्वस्तिक अस्पतालमा लगिएको थियो । शुभस्वस्तिक अस्पतालमा प्रवेश गर्दा“ डाक्टरले उनको मृत्यु भैसकेको ईलाका प्रहरी कार्यालय बर्दिवासले बताएको छ। मृत शरिरलाई पोस्टमार्टमको लागि जलेश्वर पठाएको प्रहरी नायक उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]